वर्तमान संविधानमा अझै पनि समानता छैन स: पूर्वमन्त्री शर्मा
२९ मंसिर, काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको भन्दा विभेदको न्यूनिकरण गरिएको छ । विभेदलाई कम गर्ने प्रयास गरिएको छ । अहिले पनि हामीले हेर्ने हो भने नागरिकताको पाना पढ्दै गर्दा त्यहाँ लैङ्गिक समानता देखिदैँन् । जातिय विभेदका कुराहरु हेर्ने हो भने पूर्ण रुपमा हटेको छैन । यसलाई पूर्ण रुपमा कसरी समानतातिर लाने त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । त्यसकारण संविधान संशोधन आफैंका सैद्धान्तिक कुरा हो यो हुनुपर्ने कुरा हो । संविधान संशोधन हामी सबैले स्विकार गरेको विषय हो र संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ ।’
लामो समयदेखी राजनीतिक आन्दोलन गरेपनि अझै राजनीतिक कुराहरुमा अल्झि रहेको भन्दै अब जनताको बीचमा गएर
जनताको सहमतीमा विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा सोच्नुपर्ने बताईन् ।
उनले भनिन्, ‘संविधान संशोधन उत्पीडित समुदायले पाएको अधिकार थप सुधार गर्न र थप अधिकार दिनको लागि हुनुपर्छ ।
लामो समय हामी राजनीतिक आन्दोलनमा गयौं, धेरै रगत बग्यो, मेहेनत भयो तर आजका दिनसम्म आउदा पनि फेरी हामी यही राजनीतिक कुराहरुमा नै अल्झि रहेका नै छांै । हामी जनताको बीचमा जाने जनताको सहमतीमा हाम्रो समाजमा भएका विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा हामीले सोच्नुपर्छ ।’
संविधान संशोधन अग्रगामी कि पश्चगामी भनेर भन्नु भन्दा पनि संविधान संशोधनभित्रको विषयवस्तुहरु अग्रगामी हुन्छन् कि पश्चगामी भन्ने कुरामा निर्भर हुने पनि उनको भनाई छ ।
क्याटेगोरी : विचार/बहस, समाचार
ट्याग : #breaking, #वर्तमान संविधानमा अझै पनि समानता छैन स: पूर्वमन्त्री शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्