Techie IT
आईतबार, असार १४,२०८३

पत्रकारलाई धरानका मेयर हर्क साम्पाङद्वारा धम्की


काठमाडौँ २० मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  पत्रकारहरूलाई गम्भीर धम्की दिएका छन् ।

हिजो (बुधबार) १९ गते सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आज बिहान १० बजेको पत्रकार सम्मेलनमा आउन उर्दी जारी गरेका छन् ।

साम्पाङले ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस नेपालमा ! जनक ऋषि भन्ने पनि आउनु ! निक्कै फुरफुर गरिस तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन’ भनेर आफनो फेसबुकमा हालेका थिये। उनले पत्रकार सम्मेलनमा आउने पत्रकारलाई ‘शीर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने गरी बेइज्जत गर्ने’ चेतावनी दिएका छन् ।

पत्रकार दाहालले केहीदिनअघि खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।

साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई पनि चुनौती दिएका छन् । उनले ऋषिलाई ‘ऐना हेर्दा थुक्ने’ धम्की समेत दिएका छन् ।

साम्पाङले यसअघि पनि पत्रकार र मिडिया हाउसलाई पटक-पटक धम्की दिँदै आएका छन् ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #पत्रकारलाई धरानका मेयर हर्क साम्पाङद्वारा धम्की


तपाईको कमेन्ट लेख्नुहोस्