मेरी आमा र म
अहिल्या कुँवर साहित्य चौतारी यूके
आमा ! आज म सात समुद्र पारी हुदा पनि लाग्छ हरपल तिमि संगै छु ।
पहिलो पटक सुबिधा सम्पन्न अस्पतालको शैयामा जब म प्रसव बेथाले छट्पटिरहेकी थिएँ मैले तिमीलाई सम्झिएँ आमा मैले तिमीलाई झल्झली सम्झिएँ ।
मैले छोरो जन्माउँदाको बेथा र, तिमीले मलाई जन्माउँदाको बेथा उस्तै थियो आमा उही पीडा उही दुखाई म सुविधामा डाक्टर र नर्सको अटुट सेवामा मैले मेरो सन्तान जन्माएँ तिमीले दैव भरोसामा तिम्रो सन्तान जन्मायौ हो,
दैव भरोसामा आमा तिमीले मलाई जन्मायौ न डाक्टर न नर्स न रगतको पोको न अक्सिजनको पाइप न सलाइन न एनेस्थेसिया कसरी सह्यौ आमा त्यो पीडा ?
घाँस काट्दा काट्दै बारीको कान्लामा मलाई जन्मायौ रे घाँसको भारी बोकेर सालनाल सहित मलाई ल्यायौ रे कसरी सह्यौ आमा त्यो पीडा ?
मेरो प्रसवका बेला मेरा पति म संगै हरपल थिए मलाई सुम्सुम्याइरहे, आश्वस्त पारिरहे तिमीले मलाई जन्माउँदा तिम्रा पतिले तिरस्कार गरे रे तिमीलाई छोरी जन्माएको भनेर र,
आफ्नै सन्तान आफ्नै छोरीलाई सिस्नाको झ्याङ्मा फालिदिए रे सासुको निन्दा पनि तिमीले झेल्यौ रे सम्झिदा पनि आङ् जिरिङ्ग गर्छ आमा तिमीले के गरी सह्यौ होला तर मलाई गर्व छ तिम्रो मातृत्व प्रति तिमी त आमा थियौ र त सिस्नाको झ्याङ्बाट फिर्ता ल्याएर पनि यो छोरीलाई आज यति सबल र सक्षम बनायौ तिम्रो मातृत्व र दुधको भारा यो जूनीमा तिरेर म सक्दिन होला ।
सुत्केरी अवस्थाको तिम्रो जिउ तातो पोषिलो चाहिने तातो भात मात्र पनि तिमीलाई
नसिब थिएन न्यानो कोठा पनि नसिब थ्एिन म यता सुबिधा सम्पन्न अस्पतालको शैयामा सुत्केरी भएर तातो पोषिलो फेरी फेरी खाँदै तङ्रिदै गर्दा झल्झली तिमीलाई सम्झिएँ
आमा प्रत्येक गाँसमा तिमीलाई ढुङ्गा लाग्यो होला प्रत्येक रातमा तिम्रो सिरानी भिज्यो होला कस्तो बिडम्बना उता तिम्रो त्यो प्रसव यता मेरो यो प्रसव उस्तै भएर पनि उस्तै भएन
सन्तान जन्माएर पनि तिमीलाई जस भएन तैपनि सह्यौ तिमीले आमा सह्यौ धर्ती झैं सहनशील तिमी गर्वले शीर ठाडो पार्दै भन्न सक्छु मेरी आमा तिमी धर्ती हौ धर्ती तिम्रो मातृत्व र दुधका भारा तिरेर कहिल्यै सकिने छैन ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #अहिल्या कुँवर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्