Techie IT
आईतबार, असार १४,२०८३

“देश,युवा र राजनिति” : जनक सापकोटा


नालापानी शुक्रराजको उपमाबाट उठेको मेरो देश
असंख्य प्राकृतिक उपहार संस्कृतिको सञ्चित अनुपम भेष ।।

ढुगां, खुकुरी र बन्चरोको विउँले विश्वमा चिनियौ
पहरेदार, अलराउन्डर जे भन जगमा तिमी नै थियौ ।।

दुई ढुङ्गाको तरुल मेरो सुन्दर देश कसरी तिमी थिचियौ
पश्चिम महाकाली पूर्व मेची भन्दा नी पर कसरी मिचियौ ।।

राजनिति मुल निति हो तर दुषित भइ गनाउदै छ
निति, विचार सिद्धान्त भुलेर नेतृत्वले नै विकृती झै बनाउदै छ ।।

विसंगती,भ्रष्टचार र अराजकता अव तोडिनुपर्छ
युवाहरु रानितिसँगै व्यवसाय र सृजनशिलतामा जोडिनुपर्छ ।।

हे युवा हे युवा सुनेन चित्कार भोगेर पिडा मातृभूमिको
खै साम्राज्य वा विस्तावाद के हो कुन्नी भूमि चाहिँ ऋषिमुनिको ।।

परिवर्तनका लागि समता र समानताको अधिकार पाउनुपर्छ
जसको भिजन र मिसन प्रष्ठ छ उही नेतृत्वमा आउनुपर्छ ।।

देशको मुहार र अवस्था वदल्न अव सबै जागौ
सुखी नेपाली,समृद्ध नेपालको नारालाइ आत्मासाथ गरि लागौ ।।

( लेखक सापकोटा नेपाल निजामती कर्मचारी सङगठन जिल्ला कार्य समिति,इलामका सहसचिव एवं
हाल वन विज्ञान अध्यन संस्थान,पोखरामा स्नातक तह दोश्रो वर्ष प्रथम सेमेष्टरमा अध्ययनरत छन )

 


क्याटेगोरी : विचार/बहस
ट्याग : #“देश, #breaking, #युवा र राजनिति” : जनक सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्