कविन्द्र घिमिरेको गजल पैसा
पैसा छैन भन्दै थियो घरमा जिरा किन्न
फेरि कता बाट आयो पैसा मदिरा किन्न
आमाको त्यो फाटेको चोली पुलुक्क हेर्दै,
छोरा बुहारी बजार गएका छन् हिरा किन्न
पढ्नेलाई के थाहा? पर्नेहरुलाई सोध्नुहोस्,
यहाँ मान्छे कसरी बाध्य हुन्छ धमिरा किन्न
चिन्नेहरुले पो यार्सागुम्बा चिन्छन् किन्छन्,
नचिन्नेहरु सोच्छन को जान्छ किरा किन्न
संसारको कुनै माईकलालले नि सक्दैन,
तिमी बसेको यो धमनी किन्न शिरा किन्न ।।
@ कविन्द्र घिमिरे
ककनी २ नुवाकोट
क्याटेगोरी : विचार/बहस
ट्याग : #पैसा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्