Techie IT
बुधबार, वैशाख ३०,२०८३

त्यहि व्यक्ति दुई नम्बरि काम धन्दा थालेको देखेकी छु


*गजल :उषा बजगाँई
आफ्नै घरकि लक्ष्मिलाई बोझ ठानेको देखेकि छु ।
पराईको धनमा त्यो लोभि नजर तानेको देखेकि छु।

दुनियाको नजरमा समाजसेविको विल्ला भिरनेले
कठै त्यो सोझि अरधाङगिनिलाई दास मानेको देखेको छु।

घरमा खाने हुन्न गाँस बाहिर ठाँट निकै ठुलो देखेकि छु ।
आफनो लथालिङ्ग पारि अरूलाई नै धानेको देखेको छु।

एउटै मान्छे तर खेल्छ दुई खेल।
ढिडो पनि नपाउनेले कगर पिजा छानेको देखेकी छु।

बरा कसरी पालोस घर परिवार
त्यहि व्यक्तीले दुई नम्बरि काम धन्दा थालेको देखेकी छु।


क्याटेगोरी : विचार/बहस
ट्याग : #उषा बजगाँई


तपाईको कमेन्ट लेख्नुहोस्