हेर्नुहोस सरस्वती शर्माको कविता नारी
रचना : सरस्वती शर्मा सुबेदी
कोमल नारी हद्धयमा चट्यानहरुले छेड्दा
हेपिएका व्यवहारहरुमा मुस्कानहरु खोज्दा
हजार पिडा अपमानका हद्धयमा थेँग्दै
नारी शक्ती अटल जहिले धैर्यतामा रम्दै
फूल पनि फूल्छ कहाँ काडाँ नभई दिए
नरम उसको प्रवृतीमा वाण नगई दिए
सत्य हुन्थ्यो चारै तिर कलि किन बल्दथ्यो
नारी हिंसा गर्नेहरुमा सभ्य संस्कार पस्दथ्यो
जन्म पश्चात मृत्यू हुन्छ थाहा छैन जसलाई
आफ्नै तनमा बिस हाल्दा घाटा छ कसलाई
हजार वर्ष लाग्छ आयु घमन्डले चुलिरहदा
आफै भित्र अनमत्त भई गफलतमा भुलिरहदा
कति पुरुष उच्च बन्छ नारीलाई तर्साएर
आफ्नै मन भित्र आफै जहर बर्साएर
मै हु भन्ने नाइकेको एक दिन सत्ता ढल्छ
अंहमताले मानव भित्र बिषै बिष फल्छ
नारी शक्ती कमजोर छैन कदाचित यहाँ
कौरवको सभामा एक्ली द्रोपती जहाँ
सत्य सधैं अटल हुन्छ डग्दैन कसैगरी
मै हु भन्ने रावण ढल्न गयो रुख सरी
शैलेन्द्रीलाई किचकले जब गर्यो अपमान
तामझामको राज्य सत्ता गयो उसको ज्यान
जहाँ हुन्छ नारी सम्मान त्यहाँ ईश्वर रम्दछन्
मरुभूको बालुवामा सुन्दर फूलहरु फूल्दछन् ।
समाप्त
क्याटेगोरी : विचार/बहस
ट्याग : #नारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्