पूँजीपति र सर्वहारावर्गका नेताहरुमा अन्तर्य के ?
खेमराज गिरि
नेपालका विभिन्न ठूला राजनीतिक दलका नेताहरुको एउटै लक्ष्य देखिन्छ समाजवादू चाहे त्यो पार्टी क्रान्तिकारी होस या पूजिबादी प्रवृतिको । विभिन्न भाषणमा नेताहरुले भन्ने गर्छन कि, हाम्रो एकमात्र लक्ष्य र गन्तव्य समाजवाद नै हो । तर सिद्दान्तमा जे भनिएता पनि ब्यबहारमा भने त्यस्तो छनक केही पनि पाइदैन हाम्रा नेताहरुमा । यदि कुनैपनि दलको नेतृत्वले जे दिमागमा आउँछ त्यही कुरा हस भनी कार्यकर्ताले हजाम गर्ने माहोल बन्यो भने पार्टी उंधोगतितिर जाने सम्भावना अवश्य हुन्छ ।
फगत एउटा चुनावी पार्टी पनि ठिङ उभिने गरी बनाउन नसक्ने अवस्था हुनसक्छ । बिचारको केन्द्रीकरण जव कुनैपनि ब्यक्तिमा शक्तिको केन्द्रीकरणकोरुपमा आउँछ तव पार्टीको मूख्य नेताको देवत्वकरण हुने भाडभैलो शुरु हुने दिन आउँछ । नेताको देवत्वकरण भयो भने उसलाई आफु सर्वज्ञानी भएको महशुस हुन्छ ।
नेतामा घमन्डको बादल मडारिन थाल्छ । अनि नेताका वरपर भक्तजनहरु लाममा आवद्द हुन्छन । भक्तजन र श्याहर शुसारे बन्न नपाउनेहरु चाकरीवाजतिर लाग्छन । जसरी देवताका साथी हुदैनन केवल भक्त र चाकर हुन्छन त्यसरी नै कुनै दल बिशेषको पनि नेता देवता र कार्यकर्ता भक्त र चाकर भए भने अनि भन्नुहोस त्यस्तो देशका दलहरुले जनताको अगाडि गणतन्त्र र समाजवादका कुरा गर्नु भनेको बाघको गोठालो जान्छु भनेजस्तो होइन र रु यसरी, हाल नेपालजस्तो गरिब देशमा राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा संकट आउनुको मूख्य कारण नै राजनीतिमा लागेका नेता तथा कार्यकर्तामा सिद्दान्तमा क्रान्तिकारी तर ब्यबहारमा पूजिबादी प्रबृत्ति हावी हुने होडले गर्दा हो ।
त्यस्तै, अहिले नेपालको सत्ता गठबन्धनको जोडले पनि के देखाउंछ भने क्रान्तिकारी पार्टीका नेता नै पूजिबादीको गोटी बनेर मुखमा मुख जोडिरहेका छन , दीनदुखीहरुको सेवातिर लाग्नुपर्नेमा कमिसनको भागवन्डामा रुमलिइरहेका छन । जहाँ भागबन्डा र कमिसनको राजनीति हुन्छ , त्यहाँ बिकास अनि समृद्दिको अपेक्षा के गर्ने ? यसरी क्रान्तिकारी नेतालाई कार्यकर्ताले संधै देवत्वकरणमा नै ढालिरहने हो भने कान्तिपुर दैनिकमा आहुतीद्वारा माओबादी महाधिबेशनमा सोधिनुपर्ने सात प्रश्नू शिर्षक लेखमा सोधिएका प्रश्नहरु
१। पूँजीवादको यो चौथो चरणमा क्रान्तिको नयाँ रणनीति के ?
२। पूँजीवादी शक्तिसँग सहकार्य गरेर त्यहि शक्तिको राज्यसत्ता नष्ट गर्ने आधार के र ?
३। संसदीय राजनीतिमा हात हालेका क्रान्तिकारी शक्ति फेरि क्रान्तिमा नै फर्कने कसरी र ?
४। एनसेलजस्तो बहुरास्टृय कम्पनी र बैंकिङ पूँजीमा साम्राज्यबादी साझेदारीलाई कसरी रोक्ने र ?
५। दलाल पूँजीवादसँग लड्ने उत्पादन पद्दति के ?
६। माओबादी नेताको जीवन सैलीमा परिवर्तन ल्याउन सर्वहारा श्रमिक वर्गीय बनाउने कार्यसूचि के ?
७। जात ब्यबस्था र पितृसत्तावादवाट मुक्त हुने नयाँ कार्यदिशा के ?
आदि, यी प्रश्नहरुको सहि पहिचान गरी क्रान्तिकारी पार्टी माओबादीका प्रत्येक नेता तथा कार्यकर्ताले यो महाधिबेशनमा लागू गर्न सकेको भए मात्र देवत्वकरणमा अल्झिएको मानिने थिएन अन्यथा पूँजीपति र सर्वहारावर्गका नेताहरुमा अन्तर्य के त रु
क्याटेगोरी : विचार/बहस
ट्याग : #खेमराज गिरि, #पूँजीपति र सर्वहारावर्गका नेताहरुमा अन्तर्य के ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्