टोखाको विकासबाट सिक्नु पर्ने रणनीति
• मनिराज डंगोल
राज्य पुन: संरचना पछि गठित टोखा नगरपालिका ७५३ स्थानीय तह मध्ये एक हो। काठमाडौं उपत्यका तथा प्राचीन नेपालको उत्तरी प्रवेश द्वारको रुपमा लिनसकिने टोखा नगरपालिका को गतिविधि लाई वर्तमान अवस्थामा विकास निर्माण तिर अग्रपंतिमा देखिन्छ । विभिन्न सर्वेक्षण तथा सुचनाहरुमा आए सरि टोखा नगरपालिका किन र कसरी अग्रपंक्तिमा मा देखियो त? भन्ने बारेमा केही म यहॉ चर्चा गर्न चाहन्छु ।

मिति २०७४ वैशाख महिनामा स्थानिय चुनाव पछि मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोल का साथ नेकपा एमाले का ६ र काँग्रेस का ५ वदाध्यक्षसहित ११ वदाका ४४ सदस्य निर्वाचित हुनुभयको थियो। मेयर प्रकाश अधिकारी को हसिलो मुहार र समन्वयात्मक नेतृत्व को दक्षता र उपमेयर को उर्जावान खटाई एक उदाहरणीय पातो छ भने नगरपालिका घोषणा लगत्तै पार्टी प्रतिनिधि हरु र कार्यकारिणी प्रमुखको समन्वयमा करिव ३ वर्ष नेतृत्व तथा प्रतिनिधित्व गरिएका सबै दलका स्थानीय नेताहरुको पनि त्यतिकै योगदान रहेको छ।काँग्रेसबाट बसन्त श्रेष्ठ , एमाले वाट मनिराज डंगोल माओवादी बाट कल्पना शर्मा , नेमकिपा बाट वीर बहादुर डंगोल थियो । माले बाट कृष्णहरि केसि । नगरपालिका घोषणा पछिको पहिलो नगर परिषदमा प्रस्ताव गरिएका भुगोल पहिचान तथा समृद्ध नेपाल र सुखी नेपालीको स्रोत पहिचान अन्तर्गत समग्र टोखा नगरपालिका लाई हामीले चार वटा भुगोलमा विभाजित गरि नीति तथा कार्यक्रम बनायौ ।
१- तत्कालीन झोर कृषि र प्राकृतिक सम्पदा पर्यटन । २ तत्कालीन चण्डेश्वरी र सरस्वती गाउँ विकास समिति साँस्कृतिक सम्पदा पर्यटन । गोङ्गबु गाबिस व्यवसाय र धापासी बौद्धिक क्षेत्र भनी वर्गीकरण गरिएका थियौं । जुन नीतिलाई वर्तमान जनप्रतिनिधि ज्युहरूले पनि स- सम्मान अनुसरण गरिदिनाले पनि टोखानगरपालिका उच्च स्थानमा रहेको छ भन्दा फरक नपर्ला। प्राकृतिक पर्यटनको उदाहरणका रुपमा शुरू गरिएको चण्डेश्वरी देखि बौडेश्वर सम्मको पदमार्ग जुन कृष्णप्रसाद अधिकारी को नेतृत्वमा तीव्र गतिमा निर्माण कार्य भैरहेको छ। प्राचीन टोखा साँस्कृतिक संरक्षित क्षेत्र घोषणाका साथ विकास समिति अध्यक्ष गणेशमान श्रेष्ठ , सदस्य सचिव विकास श्रेष्ठ , सदस्य रामराज जोशी, सदस्य हिराकाजि डंगोल ,सदस्य जनक श्रेष्ठ र सदस्य रेविना श्रेष्ठ समेतको समिति सहित निर्माण भई सकेका छन ।
उक्त संरक्षित क्षेत्र, संरक्षणका लागि पंचद्वारहरुको निर्माणमा तीव्र रुप लिएको छ। दुई गाबिस हुँदा फुटको संकेत स्वरुप पिच र ईता भएको मुल बाटोमा एक रूपताले ढुङ्गा बिछ्याइएको छ। मु : ध्वाखामा सिंह राखियो । धापासिमा र गोंगबुमा व्यवसायिक क्षेत्रहरु निर्माणका कामहरुले धमाधम गति लिईरहेकै छन्।नेपाल राष्ट्र भरिका ७५३ पालिकाहरुमा यसरी समन्वयात्मक रुपमा बिपि को मेलमिलाप नीति र मदन भण्डारीको मौलिक माक्सवादी नीति अनुसरण गर्दै, स्थानिय बिपि र स्थानीय मदन भण्डारी भई नेतृत्व प्रदर्शन गर्दै अगाडि बढ्ने हो भने नेपाल सरकारको समृद्ध नेपाल र सुखीनेपाली को लक्षमा पुग्न धेरै समय लाग्ने छैन।
क्याटेगोरी : विचार/बहस
ट्याग : #मनिराज डंगोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्