आमा
- सुवास भट्टराई
नौ महिना कोखमा राखि दुख पिडा
सबै सहि यो सुन्दर सन्सार देखायौ आमा
आफ्नो पेट काटि काटि
मेरो लागि सबै संग लडि
मलाइ यो योग्य बनायौ आमा
तिम्रो महान्ता वर्णन गर्न शब्दनै कहा बनेको छ र
तिम्रो दुधको ऋण तिर्न जे गरेनि कहा सकिन्छ र
आमा……
हात समाइ समाइ हिड्न सिकायौ तिमिले
सन्सारको तउर तरिका बु्झायौ तिमिले
तिम्रो पाठनै किताब भन्दा ठुलो ज्ञान भो मलाइ
तिम्रो भोगाइ नै जिवन जुउने मुलमन्त्र भो मरो लागि
म रुदा संगै रोइ मेरो हासों नै जीत बनाइ
मेरो प्रेरणाको स्रोत बन्यौ आमा
आफ्नो पेट काटि काटि मेरो लागि सबै संग लडि
मलाइ यो योग्य बनायौ आमा
तिम्रो ममताको आभास अरु बाट कहा पाइन्छ र
तिम्रो गुणको ऋण तिर्न जे गरेनि कहा सकिन्छ र आमा
मेरो चौधै भुवन तिमि मेरो तेतिस कोटि तिमि
जे जति धाम छन जे जति तिर्थ छ्न मेरो लागि ति सबै तिमि
आमा……
क्याटेगोरी : विचार/बहस
ट्याग : #आमा, #सुवास भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्