यस्तो छ सुवास भट्टराईको गीत : सिमसिम झरीमा
- सुवास भट्टराई
आउ न प्रियसी
सँगै मिली डुलौ यो रमाइलो मौसममा
नाचौ अनी गाऔं मिली यो सिमसिम झरीमा
आउ न प्रियसी
सारा खुशी समेटु यो रमाइलो पलमा
आज नै बाँचौ सारा जिन्दगी एक अर्काको साथमा
कती रमाइलो छ आजको यो दिन
हामी दुई अनी यो झरीको साथ छ
शायद चिसोले होला सारा शरीर तिम्रो काम्दैछ
तिमीलाई यस्तो देखेर अँगालोमा बाधुँ झैं लाग्दैछ
आउ न प्रियसी
मेरो अँगालोमा बाधिंन यो रंगिन समयमा
नाचौ अनी गाऔं मिली यो सिमसिम झरीमा
छुँदा पानीको थोपाले तिमीलाई डाहा मलाई लाग्छ
तर पनि खुशी हुन्छु म सुन्दरता तिमीमा थप्छ
रुझेको त्यो तिम्रो नसालु मुहार चुमुं झैं लाग्दैछ
तिम्रै अँगालोमा बाधिंएर जीवन यो बिताउ झैं लाग्दैछ !
क्याटेगोरी : विचार/बहस
ट्याग : #सिमसिम झरीमा, #सुवास भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्