केपि, सेरबहादुर, प्रचण्डको झोलेले पाउँछन चै के?
४० बर्सको अन्तरालमा हेर्ने हो भने चिन कहाँ बाट कहाँ पुगिस्कयो, हामीसगैको हैसियत राख्ने भुटान आज हरेक कुरामा अब्बल बन्दैछ आखिर यो भनिरहदा वा लेखिरहदा आँखा भरी आँसु आउँछ प्रकृतिको अनुपम सुन्दरताले भरिपुण रहदा पनि हामिले कहिल्यै स्स्थिरता पायनौ,कहिले केपि ओलिको मीठो सपनामा हामी दौडियौ, कहिले प्रचण्डको परिवार बनाउन दौडियौ, त कहिले सेरबहदुरको प्यनललाइ जिताउन दौडियौ तर आज हाता लाग्यो शून्य भयकोछ l
देशमा महामारी फैलियको छ, सयौ नागरिक उपचार नपायर अकालमा मरिरहेका छन, एउटा सिटामल देउन मलाइ बाच्ने रहर छ भनेर रोइ कराइ गर्दा पनि पाइरहेका छैनन, तर तपाईं हाम्रा लिडर मलाइ कुर्सी दे देश हामी बनाउछौ जनताले यहि भनेका छन भनेर तपाईं हाम्रो नाम बेचिरहेका छन यो तपाईं हाम्रै उपजको फल हो, हिजो यिनै अनुहार भोट माग्न आउदा पस्केको भात छोडेर दौडिने तपाई हामि नै हैनौ र यस्तो गल्ती जबसम्म हामी बाट भैरहन्छ, तबसम्म हामिले पाउने फल यहिनै होl
, देश त यसैनै खरानी बनाइसके पहिलाको उद्दोग कलकारखाना सबै बेचेर खाइसके, महङ्गी असाध्यै बडेको छ, महिनाभरी काममा घोटिदा पनि महिनाभरी पेटभरी खान पुग्दैन,र पनि हामिले बारम्बार मन बुझाइदिनु पर्ने, अब त फलानो आयो केही होला कि भनेर, अनि हामी बिच यस्ता बेरोजगारी अन्नभत्त, साइबर सेना पनि छन कि जो आफ्नो नेताको हरेक दिन ढाकछोप गरि बयान गरिरहेछ्न, नबुजेको कुरा केपि प्रचण्ड,र सेर बहादुर का लमौटिले पाउँछन् चै के, हरेक ठाउमा यक अर्कामा नैतिकता भुलेर खनियको देखिन्छ, किन बुज्दैनौ हौ, यहाँ यौटा मात्र पात्र सहि भैदियको भय पनि देस कहाँ पुगिसक्थ्यो, अब त कमसेकम के सहि के गलत भन्ने हामी छुट्याउन सक्छौ नि१ आफ्नो मताधिकार प्रयोग गर्नु अगि हजार पटक सोच्यौ, कि म कस्लाइ चुन्दै छु l
म त अझै सम्माननिय निर्वाचन आयोगलाइ यो भन्न चाहन्छु कि कृपया नो भोटको पनि यौटा बिकल्प राखिदिनु होला हामिले छाप लगाउने मतपत्रमा१ ताकी हामिले आफ्नो बिबेक प्रयोग गर्न पाइयोस, हाम्रा बा आमा आजित भैसके, सिरमा फाटेको टोपी र खाली खुट्टा गयर कति चोटि आफ्नो नेता चुने होलान र पनि आज उहाहरुको हुलिया उहिनै छ, न पैतालामा चप्पल छ, न सिरको टोपिनै फेरियको छ, नत मुहारमा कुनै मुस्काननै छायको छ त्यसैले फेरि पनि भन्छु, सम्मानित निर्बाचन आयोग कृपया मतपत्र छाप्दा यौटा बिकल्प नो भोट पनि राखिदिनु होला१ धन्याबाद l
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्