राष्ट्रिय एकता
काठमाण्डौ
मेनुका कार्की
आज पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’ । नेपाल राष्ट्र निर्माणमा यो दिनको विशेष महìव र गरिमा रहेको सत्य आमनेपाली हृदयमा कुँदिएको छ । वि.सं २०१२ देखि पुस २७ गतेलाई पृथ्वी दिवसका रूपमा मनाउन थालिएकोमा प्रजातन्त्र पुर्नस्थापना (२०४६) पछि यस दिनलाई राष्ट्रिय एकता दिवसको सम्मानसहित मनाउन थालिएको छ । दिवसले कुनै निश्चित एक दिनको सम्झना मात्र गराउने छैनन् ती दिनसँग सम्बन्धित ऐतिहासिक घटना, उपलब्धि तथा गरिमालाई इतिहासपर्यन्त जीवन्त बनाउने गर्छन् ।

बाइसे, चौबिसे राज्यमा विभक्त नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न पुर्खाहरूका चिरस्मरणीय योगदानको सम्मानका लागि कुनै दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु सान्दर्भिक हुने भएकाले नेपालले एकीकरणका नायक बडामहाराज पृथ्वीनारायण शाहको जन्मदिनलाई नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको छ । यो दिवसले कुनै एक व्यक्ति तथा परिवारको मात्र नभएर एकीकरणमा योगदान दिनुहुने सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाअर्पण गर्न प्रेरित गर्छ । योगदानको सम्मान गर्छ र एकीकृत नेपाली मनहरूलाई अझ बढी सामीप्य गर्न प्रोत्साहन गर्दै आएको छ ।
।
वर्तमान नेपालले विद्यमान संविधान अनुसार समावेशी राज्यप्रणालीमार्फत सबै जातको फुलबारी अपनत्वको जगेर्ना गरिरहेको छ । संविधानले विकासको मूलधारमा आउन नसकेका क्षेत्र तथा समुदायलाई संवैधानिक र कानुनी उपचारमार्फत विकासको मूलधारमा आउने अवसर प्रदान गरेको छ । सरकारले नागरिकका मौलिक हक तथा सामाजिक न्याय, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित नेपालले सम्पन्नता–विपन्नताको युग निर्मित खाडल पुर्दै समानता र समाजवादउन्मुख आर्थिक एकीकरणका कार्यक्रमलाई तीव्रता दिइरहेको छ । सङ्घीय लोकतान्त्रिक पद्धतिमार्फत विद्यमान विविध असमानता र विसङ्गतिविरुद्ध एकताबद्ध पहल गर्न पनि आजको दिनले सबैलाई प्रेरणा दिनेछ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #मेनुका कार्की, #राष्ट्रिय एकता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्