गन्तव्यका रङ्गहरू
ओमप्रकाश आचार्य
आकाशबाट तारा खसेको मैले देखेकोछु,
प्रकाश छाड्दै गरेको पटक पटक
धर्तीमा जगतको कल्याण खातिर म पनि वलिदान हुन सक्छु भनेर ।
मूलबाट पानी बगेको मैले देखेकोछु ,
एकोहोरो गोहो बनाउँदै तलैतिर झरेको परिचय खुलाउन समुन्द्रतिर म पनि तिमी जतिकै गहिराइमा पुग्न सक्छु भनेर ।
कालो बादल मडारिदै छुत्तिखेलेको मैले देखेकोछु,
तलतिर वर्षँदै गरेको तिम्रो र मेरो नाता एउटै हो
मौसमले फेरेको हो सम्बन्ध जीवन धान्ने काममा लागेकोछु भनेर ।
पाकेको फल वृक्षबाट खसेको मैले देखेकोछु,
तल जमिनतिर आएको तम्सिएकोछु
भाग लाग्न आफ्नो अस्तित्व मेट्दै अरूकै क्षुधा शान्त गराउने अठोटछ भनेर ।
मेरो प्रिय आदर्शले शिर निहुराएको मैले देखेकोछु,
तल तल भन्दै पाइलाहरूलाई जागा भई फरेली खेल्दैगरेको
भूईँमान्छहरूका फाँदमा फेरि एकपटकलाई माफ देउँ भनेर ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #ओमप्रकाश आचार्य, #गन्तव्यका रङ्गहरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्