निजी क्षेत्रमा कोरोना प्रभाव : कसैको रोजगार गुम्यो, कोही श्रमजीवि आधा तलबमा
सुनिता अधिकारी
एक जना साथी निजी विद्यालयमा शिक्षण गर्थे । उनले विज्ञान, गणितलगायत विषय पढाउने भएकाले तुलनात्मक रुपमा सेवा सुविधा राम्रै थियो । लकडाउनपछिका केही महिनाहरु निकै तनावपूर्ण भएर बितेको उनको अनुभव छ । पहिलो हो तलबामा कटौती, दोस्रो बेतलबी विदा आदि सबै भोग्नुपर्यो । यद्यपि पछिल्ला केही समयदेखि भने अनलाइन कक्षामा लिएको उनले तलब पाइरहेका छन् । तर उनकाअनुसार अन्य केहीले भने अझै आधा मात्रै तलब पाइरहेका छन् । यो निजी विद्यालयको कुरा भयो ।
एउटा राम्रै चलेको होटलमा काम गर्ने साथीको पनि त्यस्तै हालत छ । होटलले यसभन्दा अघि कति नाफा कमाए त्यसमा चासो छैन । आखिर नाफा पनि त त्यस्तै काम गर्नेकै सहायताबाट होला नि ! केही महिनाको लकडाउनमा उनीहरुले मजदुरलाई निकै तलब कटौती गरेर मात्रै प्रदान गरे भने कतिले त सरकारको निर्णय नमानी कामबाटै निकाली पनि दिए । ति साथीले अहिले पनि आधा जस्तो तलबमा मात्रै काम गर्नु परेको गुनासो गर्छन् ।
यी केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । अझै कति घटनाहरु बाहिर आएकै छैनन् । खैर जेहोस् कोरोनाले निजी क्षेत्रमा आवद्ध श्रमजीवि मजदुरहरुलाई निकै नै कष्टकर जीवन बनाएको छ ।
सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम रोकथामका लागि गत चैतदेखि गरेको लकडाउनले सम्पूर्ण विद्यालयहरुलाई ठूलो प्रभाव पार्यो । हुनत सिकाइका आधारमा हेर्ने हो भने सबैभन्दा बढी विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्यो । तर अलिक फरक ढंगले सोच्ने हो भने सरकारी विद्यालयमा पढाउने शिक्षकहरुको त सेवा सुविधामा केही कटौती भएन जसले गर्दा कम्तिमा जीविकोपार्जनका लागि चिन्तित हुनुपर्ने अवस्था आएन । तर निजी विद्यालयहरुले भने केही समयको लकडाउनपछि शिक्षकशिक्षिकाहरु निकाल्ने, आधा तलब दिने, बेतलबी विदामा राख्ने आदि गर्न थाले ।

त्यस्तै, विभिन्न उद्योगमा कार्यरत मजदुरहरुको आफ्नै व्यथा छ । दिनभरीको कामबाट परिवार पाल्नु पर्ने बाध्यतामा रुमलिएका उनीहरुको जीवन लकडाउनले एक किसिमले तहसनहस बनाएको छ । निजी क्षेत्रका श्रमजीविहरुको मात्रै नभएर साना लगानीकर्ताको पनि पीडा उस्तै छ । उनीहरुले सानोतिनो लगानीबाट सुरु गरेका पसल व्यवसायहरुले नाफा आर्जनका लागि उचित समय हुन सकेन । त्यस्तै, पूर्वका एउटा कम्पनीले कम्तीमा १० जनाको सेयरमा एउटा सुविधासम्पन्न यातायात सेवामा करोडौँ लगानी गरे । त्यसको एक महिना पनि नबत्दिै लकडाउन घोषणा भयो ।
यसले उनीहरुको व्यवसायमा नराम्ररी धक्का दियो छ । यो पनि एउटा उदाहरण मात्रै हो । के ठूलो के सानो त्यस्ता धेरै व्यवसायहरु टाट पल्टिने अवस्थामा पुगेका छन् । यद्यपि थोरै फराकिलो भएर विश्लेषण गर्दा हिजोका दिनमा ठूला ठूला लगानीकर्ताले पक्का पनि नाफा कमाएका थिए । अहिलेको विषम परिस्थितिमा त्यो नाफाको थोरै प्रतिशतमात्रै पनि श्रमजीविहरुको निम्ति सोच्न सकिने अवस्था रह्यो भने निश्चय पनि केही राहत जरुर हुने थियो । किनकी कुनै कम्पनी वा व्यवसाय यदि आज सफल एवम् नाफाउन्मुख छ भने त्यो तिनै कर्मठ श्रमिकहरुकै कारणले हो ।
यसरी हेर्दा श्रमजीविहरु चौतर्फी प्रभावको मारमा परेका छन् । उनीहरुले नै ठूलो जोखिम मोल्नुपर्ने अवस्था आएको छ । विभिन्न उद्योग तथा कलकारखानाका सयौँ मजदुरहरुमा कोरोना पुष्टि भइसकेका छन् । मजदुरहरु नै जोखिमका साथ कार्यमा खटिनुपर्ने अवस्था आइपरेको छ । जसले गर्दा आफूलाई संक्रमण हुनसक्ने जोखिम त छदैँछ ।
उता परिवारका अन्य सदस्यामा पनि सर्नसक्ने स्थितिको उनीहरुले सामना गर्नु पनि परेको छ । त्यसैगरी, बजारमा फेस गर्ने पनि श्रमिकहरु नै हुन् । उनीहरुले भीडभाडमा बस्नुपर्ने अवस्था हुने भएकाले पनि आफूलगायत अन्य आफ्ना सदस्यहरुमा संक्रमणको त्रासले काम गर्नुपरेको अवस्था छ । त्यस्तै, घाटा वा व्यापार नभएको कारण देखाउँदै मजदुरहरुको तलब तथा सेवा सुविधामा वृद्धि नगर्ने तर्फ लगानीकर्ताहरु लागेको देखिन्छ ।
तसर्थ उनीहरुको हक हितका निम्ति थप के के गर्नेबारे पनि सरोकारवाला निकाय गम्भीर छलफल हुन आवश्यक छ । निजी क्षेत्रले लाखौँलाई रोजगार प्रदान गरेको छ । यो आफैँमा निकै उत्साहजनक कुरा हो । तर पछिल्लो अवस्थाले गर्दा मानिसहरु कम्ती तलबमा काम गर्न बाध्य मात्रै छैनन् कतिले रोजगारी गुमाएका छन् ।
त्यसको वास्तविक कारण पत्ता लगाएर अघि बढ्नुपर्ने हुन्छ । वा सरकारले लगानीकर्तालाई पनि हौसला प्रदान गर्ने किसिमको कुनै प्याकेज दिनपर्यो जसले गर्दा सम्बिन्धित क्षेत्रमा आवद्ध श्रमजीविहरुको पक्षमा कसले बुझिादिने ?
क्याटेगोरी : विचार/बहस
ट्याग : #निजी क्षेत्रमा कोरोना प्रभाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्