कोरोना कहर : चाडवाड लक्षित लकडाउन र औचित्य
राधेश्याम तिमलसिना ( पुकार )
नेपाल सरकारले जनतालाई गंभीर विरामी भएमात्र अस्पताल आउन भन्नु र अस्पतालहरुले विरामी भर्ना लिनमा आलटाल गर्नु दुवैपक्षको गंभीर लापरवाही हो । यतिवेला अस्पताल र सरकार मिलेर नै जनस्वास्थ्यमा खेलेको नाजायज भूमिकाले भविष्यमा नराम्रो परिणाम आउने निश्चित नै छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय वेलावेलामा जनताले स्वास्थ्य मापदंड पुरा गरेनन् भनेर कहिले संक्रमण रोग ऐन वमोजिम कारवाही गर्ने त कहिले देशभर लकडाउन गर्नुपर्छ भनेर जनतालाई चेतावनी दिने गर्दछ तर जनता गरिवी तथा वेरोजगार कै भोकै मर्ने ख़तरा तर्फ भने ध्यान दिने विषयमा अनविज्ञ देखीन्छ ।
आज विश्वब्यापि महामारी कोरोना संक्रमणले विश्व अर्थव्यवस्था तहस(नहस पारिरहेको अवस्था छ । विश्वभर करोड़ौ संक्रमित भईरहदा लाखौको ज्यानै लिएको समयमा नेपालको अवस्थामा पनि दिनानुदिन वृद्धि भईरहेको छ । वास्तविक गरिव दुखी नेपाली जनतालाई कोरोना संक्रमणले भन्दा भोकले मर्ने ख़तरा वढी छ तर नेपाल सरकारले स्वास्थ्य समस्या भन्दा पनि नेतानिकट ठेकेदार पोस्नमा व्यास्त छ ।
नेपाल सरकारले कोरोना नियन्त्रण कै लागी भनि लामो समय देशभर लकडाउन गर्यो त्यो स्वागत योग्य नै थियो तर जनतालाई राहत दिनमा सरकार पुर्ण असफल नै रहयो । जसको परिणाम लकडाउन अवज्ञा समेत हुने वातावरण वनाउन जनतालाई वाध्यता भएपछि सरकारले लकडाउन अन्त्य गरेको जनाएको छ ।
काठमाण्डौका सवै सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल वनाउने घोषणा गरेको सरकारले यता फेरी नेपालीहरुका महान पर्व दशै तिहार नजिकिएको समयमा लकडाउनको तयारी गरी रहेको छ । सरकारले तत्काल लकडाउन गर्नुभन्दा चाडवाडको समयमा गरिने लकडाउन कति प्रभावकारी हुनसक्छ भन्ने विषयमा गहिरो अध्ययन गर्न जरुरी छ ।
वास्तविक दैनिक गरिखाने मज़दूर लाई सरकारले राहत नदिई घरमा थुनेर भौकैराखी मार्ने हो भने लकडाउनको अर्थ छैन । यो समयमा कोरोना संक्रमण सर्वत्र फैलिएको अवस्था छ । जनताले आ(आफ्नो ठाउमा सचेत रहेका भएता पनि दिनानुदिन कोरोना संक्रमणको दर वढ्नु दुखद हो । चाडवाड मनाउने सन्दर्भमा अन्तराष्ट्रीय स्वास्थ्य मानदण्ड अपनाएर सचेत हुन जरुरी छ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #कोरोना कहर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्