नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ ः नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ ।
माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद’ विषयक प्रादेशिक गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हामी अहिले समाजवादउन्मुख छौँ, नेपालको समाजवादको आप्mनो छुट्टै विशेषता भएकाले त्यसैका आधारमा विकास र समृद्धिको मार्गचित्र तय गर्नुपर्छ ।”
उहाँले आफ्नो वर्ग शत्रु र मित्रलाई चिनेर मात्र कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा हुने भएकाले अब मुलुकका कम्युनिष्टले गुटगत राजनीति छाड्नै पर्छ भन्नुभयो ।
माक्र्सवादी सिद्धान्त सधैँ जीवन्त भइरहने बताउँदै नेता खनालले यही सिद्धान्तका आधारमा कम्युनिष्ट आन्दोलनको दिशा पनि तय हुने गरेको उल्लेख गर्नुभयो ।
माक्र्स द्विशतवार्षिकी समारोह प्रदेश नं ५ का संयोजक ठाकुर गैरेको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन समारोहमा नेकपाका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र कार्कीले माक्र्सवादी सिद्धान्त कहिल्यै पुरानो नहुने बताउँदै यसको सान्दर्भिकता नेपालको राजनीतिमा अझ बढेको छ भन्नुभयो ।
शनिबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेश नं ५ अन्तर्गत १२ जिल्लाका नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टीका गरी करीब एक हजार नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।
गोष्ठीमा सहभागीलाई आज नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली काँग्रेसका नेता प्रदीप गिरीले माक्र्सवादी सिद्धान्त र त्यसको सान्दर्भिकताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #पूँजीवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्