सरकार भो अब कृषि र किसानका कुरा नगर
रामहरि शर्मा
सरकार
भो अब कृषि र किसानका कुरा नगर
समयमा पाइदैन मल, विउ
के पर्नु सरकारको भर
भन्छ सरकार सुखि नेपाली समृद्धि नेपाल
नारामा मात्र सिमित रह्यो ।
किसानका लागि कृषि पेशा
शिरमाथीको घट्ट भयो ।
साना किसान, भुमिहिन, महिला किसान
विस्तापित हुदै गए ।
टाँठा बाँठा र हुने खानेका लागि
कृषि अनुदान दुहुनु गाई भए ।
नत किसानको पहिचान हुन्छ,
खेती नै नगर्ने पनि किसान भए
किसानका नाँउको ठूलो अनुदान
वालुुवामा पानी हाले जस्तो भए ।
भन्छ सरकार
चकला बन्दी खेति गरि व्यवसायी बन्नु पर्छ
सरकार तेहि हो, फेरी राता रात
जग्गा खण्डीकरण गर्ने निर्णय गर्छ ।
स्थानिय सरकार भन्छ,
टोल टोलमा सडक खन्नै पर्छ
के गर्नु सिचाईका कुरा,
कुला मासेर सडक बन्नेु गर्छ ।
हो अवत
गाँउका खेत बारी भए, बारी सबै झाडी भए,
कृषि पेशा धान्ने यूवा अरव र खाडी गए
आम नेपाली हात मुख जोर्न,
पर निर्भर भए
अव, पर निर्भर भए ।
लेखकः
रामहरि शर्मा
सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल
क्याटेगोरी : विचार/बहस
ट्याग : #कृषि र किसानका कुरा नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्