कोराना संगै थलिएको पर्यटन तथा होटल व्यवसाय
घनश्याम भुसाल
युवा उधमि
नेपाल पर्यटन वर्ष २०२० घोषण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ब्यापकताका साथ लागि रहेको अवस्थामा कोरोनाले विश्व सहित नेपाल पनि अछुतो हुन सकेन । आन्तरीक तथा बाहृ पर्यटकलाई
लक्षीत गर्दे लागीएको सो अभियानलाई पूर्णविराम लगाउनुको अरु कुनै विकल्प रहेन ।
सो संगै नेपालको संम्भावना बोकेको एक मात्र ब्यवसाय पर्यटन ब्यवसाय थलिसकेको अवस्था छ । व्यवसाहिहरु व्यापारको अरुनै विकल्पहरु खोजीरहेको देखिन्छ । यस्तो विसम अवस्थामा पनि सरोकारवाला निकायहरु र सरकार मौन रहँदा व्यवसाहिहरु हतोस्साहित बनेका छन् ।
पर्यटन वर्षको सुरुवातलाई लक्षीत गरी देशको पर्यटन संम्भावना वोकेको क्षेत्रमा करिव ३०० नयाँ होटलहरु बनिसकेको र संचालनमा आउनु पुर्वनै को कारण बन्दरहेको तथा नेपालमा चलिरहेका हजारौ होटेलहरु बन्दहेको अवस्थामा पर्यटन तथा होटल ब्यवसाय वाट आउने राजश्वमा समेतमा भारी गिरावट भएको छ ।
सरकारले पर्यटन तथा होटल व्यवसायहरुलाई लक्ष्यित गरी राहात प्याकेज ल्याउन नसक्नु लज्जाको विषय बनेको छ ।
अबको बाटो भनेको कोरोना संगसंगै हामीहरु जिउन सिक्नु पर्ने अवस्थामा सरकारले होटल तथा पर्यटन व्यवसाय र व्यवसायीहरु लाई उत्तप्रेरण मुलक प्रोत्साहान प्याकेज सहित फेरि झाङ्गगीन सहयोग गर्नु पर्छ ।
अवको चुनैति आन्तरीक पर्यटनलाई बढि प्राथमिकता दिएर पर्यटन प्रर्वदन गर्नुपर्ने देखिन्छ । पर्यटन तथा होटल व्यवसाय नेपाल विश्वको यस्तो एक मात्र रमणीय देश हो यहाँ विश्वका विभिन्न ठाँऊ बाट समय व्यतित गर्न नेपालमा रहेको बहुसंख्यक भाषाभाषीहरुको रहनसहन खानपानको स्वाद लिन र आफ्ना यात्राका यादहरु कैद गर्ने गन्तव्यको रुपमा रुचाएको एक मात्र पर्यटनको विकल्प रहेको देश हो ।
त्यसैले अवको दिनमा नेपालको पर्यटन तथा होटल क्षेत्रलाई विश्वको कुना काप्चामा प्रर्वदन गर्नुको अर्को बिकल्प छैन । यस क्षेत्रमा कोरोनाको कारण नेपाल फकिएका हजारौ जनशक्क्तीहरुलाई पनि सहजै प्रतिस्थापन गर्न सकिने सम्भावना रहेको छ । यसको लागी सरोकारवाला निकायहरु र सरकारले समयमै सहजिकरणको बाटो पहिलाएमा थप अपूरणीय क्षतिहुन बाट बँचाउन सकिन्छ ।
(लेखक हाेटल व्वसायि हुन)
क्याटेगोरी : विचार/बहस
ट्याग : #कोराना, #घनश्याम भुसाल, #होटल व्यवसाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्