नार्फा भूमि गाउँमा छिटै सडक पुग्छ -अध्यक्ष मिङ्गमा छिरिङ्ग लामा
पुकार तिमलसिना / रामेश्वर ढकाल
मनाङ जिल्लाकै अत्यन्त बिकट मानिएको नार फू मा केही बर्ष भित्रै सडक पुराउन स्थानिय जनप्रतिधिहरु लागी परेका छन ।हिमालमुनीको सुन्दर गाँउ नार र फूमा पुग्न कोदोबाट करिब २ दिन पैदलयात्र गर्नेपर्ने बाध्यता रहेको भने अति आबश्यक खाध्य सामाग्रीहरु खचड र भरियााहरुलाई बोकाउनु पर्ने याहाँका स्थानिएको बाध्यता रहेको छ । यतिसम्मकी केही बिरामीपर्दा हेलीकप्टर चार्टर गर्नुपर्ने अवस्था रहेको छ । कमजोर आय श्रोत भएका जनतालाई त झनै जटिल रहेको छ । केहि ब्यतिहरु त महंगो ढुवानीमा उपचार गराउन नसकी मृत्यूसमेत हुने गरेको स्थानिय बताउछन ।
यो जटिल अवस्थालाई हटाउन याहाँको जनप्रसितहरु लागी परेका छन । स्थानिय सरकारको निर्वाचन पछि गाउँले बिकाशको गति लिन थालेको नार्पा भूमि गाउँ पालिकाको अध्यक्ष मिङ्गमा छिरिङ्ग लामा बताउछन । गत बर्ष ११ करोड बजेट पहिलो पल्ट गाउँमा आएको र सो बजेटले नारको समग्र बिकाश गरिने उनी बताउछन ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि करिब ७० लाखमा पालिकाको भवन एवं कार्यलयको स्थापना गरिएको , हाल कोदो देखी सुदिखोला सम्म र महेन्द्र पुलबाट छोरतेन सम्ममोटर बाटो निर्माण भइरहेको र सो कार्य प्रयेक आर्थीक बर्षको बजेटमा बिशेष महत्वमा राखी केही बर्षभित्र नार्फा भूमीमा मोटर कुदाउने सपना रहेको उनि बताउछन ।
बिकाशको मेरुदण्ड सडक भएकाले टे«किङ्ग रुटको समेत ब्यवस्थीत गरि पर्यटनलाई प्रोत्साहन गरिने उनको योजना छ । नार गाउँ बाट उतपादन भएको ४५ किलोवाट बिजुली मेथा सम्म पुराउने कार्य धमाधम भइरहेको साथै च्याखुको मुर्चु खोलाबाट ९७ किलोवाट बिजुलि निकाली नार पू लाई सर्बद्ध बनाउन गाउँपालिका अहोरात्र लागीपरेको उनि बताउछन ।
कृषिको बिकाश गुम्बाको निर्माणमा पालिकाको निर्माणमा पालिकाको बिशेष चासो र प्राथिमकता रहेको उनको भनाई छ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #नार फू, #नार्फा भूमि, #मनाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्