हजुरको कुण्डलीमा मांगलिक दोष छ की ? यस्तो छ उपायहरु
कुल प्रसाद तिमिल्सिना
मांगलिक शब्द सुन्ने बित्तिकै वर–बधूका अभिभावकहरु झंस्किनु हुन्छ ।विवाहको सम्बन्धमा मंगलिक शब्द एक किसीमको डर र अमंगलको सुचक भएको छ । यस कारणले धेरै पाठक साथीहरुको अनुरोधमा मांगलिक दोष बिचार र निवारणको बिषयमा आवश्यक जानकारी प्रस्तुत गर्न गइरहेको छु ।
जातकको जन्म कुण्डलीमा विवाह र दाम्पत्य जीवनको सम्बन्धमा लग्न, द्घितीय, चतुर्थ ,सप्तम,अष्टम,र द्घादश भावको प्रमुख भुमिका हुन्छ ।वैवाहिक जीवनमा कुनै प्रकारको समस्या आयो भने यस भावमा मंगल,सुर्य,शनि,राहु,केतुको प्रभाव हुनु एक प्रमुख कारण हुन् ।

“लग्ने धने व्यये च पाताले जामित्रे चाष्टमे कुजे । स्त्री भत्र्तु र्विनाशाय,भत्र्तु स्त्री विनाशकः।।
अर्थात लग्न, द्घितीय ,द्घादश,अष्टम, चतुर्थ र अष्टम भावमा मंगल छ भने पति—पत्नी
एक-अर्काकाविनाशको कारण हुन्छन् ।जन्मकुण्डली यो भावमा मंगल आदिपाप ग्रह बस्छ भने मांगलकि दोष हुन्छ । यस्तो दोषकिन मानिन्छ ? यस्को पछाडी विशेष कारण के के छन त ? मंगल दोष सबै भन्दा बढी अष्टम भावमा हुन्छ ।त्यस पछी सप्तम ,चतुर्थ, द्घादश, द्घितीय भाव र लग्नमा क्रमश कम हुदै जान्छ मंगल सर्वाधिक दोषप्रद हुन्छ ।त्यसपछि शनि, राहु,केतु र सुर्य क्रमश कम दोषप्रद हुन्छन् ।
यस्तो अवस्थामा सावधान रहन पर्ने हुन्छ :
१ मंगल र शनिको युक्ती सप्तम वा अष्टम भावमा भएमा ।
२ मंगल अष्टम र शनि सप्तम भावमाभएमा ।
३ मंगल र शनि अष्टमभावमा भएमा ।
४ मंगल अष्टम वा सप्तम र शनि द्घितीय भावमा भएमा ।
५ मंगल सप्तम र शनि लग्नमा भएमा ।
६ मंगल लग्न र शनि सप्तम भावमा भएमा
उपरोक्त ग्रह स्थिति विवाह र दाम्पत्य जीवनको लागी हानिकारक हुन्छ । यदि यस ग्रहको साथमा शुभग्रह सप्तमेश भइ अष्टम भावमा गएमा वैवाहिक जीवन नर्क बन्न पुग्छ ।यदि दुर्भाग्यबस शुक्रपनि लग्नमा वा सप्तम भावबाट त्रिक भावमागएमा अझ भयावह हुनसक्छ।
मांगलिक दोष भङ्ग हुने केही नियमहरु :
१. लग्नमा मेष राशिको मंगल ,चतुर्थमा वृश्चिक राशिको मंगल, सप्तममा मकर राशिको मंगल अष्टममा,कर्कट राशिको मंगल र द्घादशमा धनुको मंगलमा दोष लाग्दैन ।
२. द्घितीय भावमा मिथुन वा कन्याको मंगल भएमा पुर्ण दोष मानिदैन ।
३ द्घादशमा भावमा बृष वा तुलाको मंगल भएमापुर्ण दोष मानिदैन ।
४. चतुर्थ भावमा मेष वा बृश्चिकमा मंगल भएमा पुर्ण दोष मानिदैन ।
५. सप्तममा मकरवा कर्कटको मंगल भएमा पुर्ण दोष मानिदैन ।
६. अष्टमम धनु वा मीनमा मंगलभएमा पुर्ण दोष मानिदैन ।
७. ंिसह वा कुम्भमा मंगल भएमा पुर्ण दोष मानिदैन ।
८. गुरुवा वा शुक लग्नमा्रभएमा पुर्ण दोष मानिदैन ।
९. लग्नमा कर्कट वा सिंह राशिमा मंगल भएमा पुर्ण दोष मानिदैन ।
१०. मंगल र शनि वक्रीभएमा पुर्ण दोष मानिदैन ।
मंगलिक दोष निवारणका लागी केही उपायहरु :
१. मंगल ग्रहको पुजा गर्ने र मंगल चण्डीका स्तोत्र १०८ दिन सम्म नित्य रुपमा २१ बार पाठ गर्ने ।
२. पार्वती आमाको पुजा गर्र्नेे र पार्वती स्वयवरको २१ बार पाठ गर्र्ने ।
३. कुम्भ विवाहर पिपल वा विष्णु प्रतिमा सग विवाह गर्ने ।
४. मंगल यन्त्रको उचित मुहुर्तमा प्र्रतिष्ठा गर्ने र पुजा गर्ने ।
५. कन्यालाइ सावित्री व्रतको अनुष्ठान विधिवन गराउने ।
६. दैनिक मंगल स्तोत्र पाठ गर्ने ।
७. विवाह पश्चात मांगलिक भन्ने थाह भएमा मंगल यन्त्रको स्थापना गरि पुजा गर्नेवा मंगल गौरीको व्रत बस्ने ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #कुल प्रसाद तिमिल्सिना, #मांगलिक दोष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्