सरकार ! निर्मला पन्तलाईलाई न्याय कहिले ?
विवेक पनेरू
परापुर्ब कालमा हाम्रो देशमा एउटा भनाई चल्तीमा थियोरे “न्याय नपाए गोर्खा जानु”। बि सं १६७१मा गोर्खा राज्य समालेका राम शाहले आफ्नो शासन कालमा जनताको लागी ल्याएका उचित र निस्पक्ष न्याय प्रणालीलाइ देखेर “न्याय नपाए गोर्खा जानु” भनिने गरिएको थियो। यस्तो सम्झिन लायक न्याय प्रणालीको ईतिहास रहेको हाम्रो देशमा अहिले न्याय खोज्न चस्मा लगाउनु पर्ने अवस्था आएको छ। हाम्रो सरकार र न्यायिक प्रणाली अहिले अन्धो र लाचार भएर बसेको छ । आफ्नो देशमा दिनदिनै छोरी, चेली बलात्कृत र हत्त्याहुँदा समेत आँखा बन्द गरेर मौन भएर बसेको छ ।
राज्यले न त उचित न्यायनै दिन सकेको छ न त दोषीलाइ कारबाही। जबसम्म राज्यले बलात्कारी र हत्याराको निम्ति उचित सजाय र कानुन ल्याउन सक्दैन तबसम्म यो देशमा अरु छोरी चेली पनी निर्मला पन्तको अवस्थामा पुगी राख्ने छन् र एउटी आमाले आफ्नो छोरीको न्यायको निम्ती पुलिस प्रशासन र अदालतको ढोका सधैँ ढकढकाई रहनु पर्ने छ । एउटी तेह्र बर्षकी अबोध बालिका जसको न त कसैसंग दुश्मनीनै थियो न त रिसिबीनै, उनकोत केवल खेल्ने, कुद्ने र पढ्ने उमेर थियो। आफ्नो सुन्दर भबिष्यको परिकल्पना गर्दै आफ्नो जिबनसंग रमाई रहेकी निर्मलामाथि अचानक मानब रुपी दानबको आँखा लाग्यो। उनको २०७५ साउन १० गते कंचनपुर स्थित भिम्दत्त नगरपालिका-२मा बलात्कारपछि हत्या गरियो। निर्ममतापुर्ण हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले अहिलेसम्म सकेको छैन। सडक देखि सदनसम्म तातेको निर्मला हत्या काण्डबाट सरकार बिस्तारै पछि हटेको देखिदै छ। घटना भएको करिब २० दिनपछि पुलिसले बलात्कारी र हत्त्याराको रुपमा दिलिप बिष्टलाइ अगाडी त लेराएको थियो तर कंचनपुरका जनताले पुलिस प्रशासनले निर्दोषलाई फसाउन खोजेको भन्दै ठुलो आन्दोलन चर्काए र त्यस आन्दोलनमा एक जनाको ज्यान पनि गयो।

त्यस आन्दोलनले गर्दा पुलिस प्रशासनले दिलिप बिष्टलाई छोड्न बाध्य भयो। यो आन्दोलन चर्कनुको कारण र दिलिप बिष्टलाई छोड्न लगाउनुको सत्य तथ्य पछि कुनैदिन बाहिर आउनेनै छ। अर्को कोणबाट हेर्दा घटना भएको स्थलमा पुलिसले निर्मलाको लुगा पखालेर सम्पूर्ण तथ्य मेटेको र हत्यारालाई बचाउन खोजेको जस्तो कुरापनि उठी रहेको छ। यसले गर्दा पुलिसले हत्यारा लुकाउन खोजेको भन्ने आम जनमानसको मनमा रहेको छ । यस्तै हत्याको आरोपितको रूपमा हेरिएको दिलिप बिष्टले स्वयं म हत्त्यारा हु भन्दै हिड्दा पनि पुलिस प्रशासन मौन भएर बसिरहेको अवस्था छ। यसरी हेर्दा यस घटना धेरै कसिलो घाठोले बाधिएको बुझ्न सकिन्छ। निर्मला हत्याकाण्डको अहिलेसम्म करिब चारवटा मुद्दा दर्ता भएका छन् तर ती मुद्दाहरुको छिनोफानो हुन सकेको छैन। यस हत्याकाण्डको भबिस्य कता मोडीन्छ कसैलाई थाह छैन। एउटा साधारण र गरिब परिवारमा हुर्किएको निर्मलाको गल्ति के थियो? र उसलाई किन निर्ममतापूर्ण हत्या गरियो जस्ता प्रश्नको उत्तर अहिले नेपाली जनताले खोजि रहेको छन्। राजा बिरेन्द्रको बंश र जननेता मदन भण्डारीलाई न्याय दिन नसकेको देश हो हाम्रो, निर्मला त साधारण जनताको छोरी: के न्याय मिल्छ त ?भन्ने प्रश्न जनता माझ अहिले उठेको छ।
जनताको आशा र भरोसा जितेर दुइतिहाई बहुमतको सरकार बनेको अवस्थामा पनि राज्यको नियम ,कानुन, न्याय प्रणाली किन कमजोर भइरहेको छ भन्ने प्रश्नको उत्तर अब सरकारले खोज्नु पर्ने समय आएको छ। निर्मलाको हत्याकाण्डलाई राजनीतिकरण नगरी सरकारले सकेसम्म छिटो सत्य तथ्य आगाडी ल्याउन पर्ने जरुरि छ र यसैमा सरकारको भलाई पनि हुने छ । करिब सातसय पचपन्न दिन बितिसक्दा पनि निर्मलाको दोषी समात्न नसक्नु सरकारको ठुलो कमजोरी हो।अब पनि यस घटनाको पर्दाफास नभए लाखौ युवा निर्मलाको न्यायको निम्ति सडकमा उत्रने छन्।अहिले सामजिक संजालमा चलिरहेको “जस्टिस फर निर्मला पन्त” अभियान पनि देशको सचेत युवाहरुले निर्मलाको न्यायको निम्ति उठाएको आवाज हो। आशा छ यस आवाजलाई सरकारले तत्परताको साथ सुनिदिने छ। हामी अहिले संविधानले दिएको कानुनी राज्यको अभ्यास गरि रहेका छौ। राज्यले अब आफ्नो जनताको उचित न्याय र सुरक्षाका लागि जोड दिनु पर्ने हुन्छ।
म पनि निर्मलाको न्यायको पक्षमा बोल्ने एक युवा भएको नाताले सरकारले निर्मलाको हत्याकाण्डको दोषीलाइ छिटो भन्दा छिटो कारबाही गरि जनतालाई न्यायिक र कानुनी राज्यको अनुभूति दिलाउछ भन्ने पूर्ण रूपमा विश्वास राखेको छु। आशा छ , राज्यको कमजोर कानुन र न्याय प्रणालीको कारणले अब थप चेलीबेटी निर्मला पन्तको अवस्थामा पुग्ने छैनन् ।
निर्मला बहिनीको आत्माले शान्ति पाओस।
क्याटेगोरी : विचार/बहस
ट्याग : #निर्मला पन्तलाईलाई न्याय कहिले, #विवेक पनेरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्