लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ, काठमाडौँको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
बुढानीलकण्ठ, काठमाडौं । १२ अप्रिल २०२५ – लेमन ट्री प्रिमियर, बुढानीलकण्ठले शुक्रबार, ११ अप्रिल २०२५ का दिन, आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न गर्यो । सांझ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न प्रतिष्ठित पाहुना, साझेदार, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
एक वर्षको सफल यात्रालाई सम्झँदै आयोजित यो समारोहले आतिथ्य, सामुदायिक सहभागिता र सांस्कृतिक सम्बन्धको सम्मान गरेको थियो । स्थापना भएदेखि नै लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपालको संस्कृतिक तथा मौलिकतालाई प्राथमिकता दिँदै, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि छुट्टै पहिचान बनाउँदै आएको छ ।
कार्यक्रमको मूल विषयवस्तु ‘नेपाली संस्कृति’ मा केन्द्रित थियो, जसअनुसार विविध सांस्कृतिक प्रस्तुतिहरू जस्तै लोक नृत्य, शास्त्रीय संगीत र परम्परागत प्रस्तुतीहरूले साँझलाई जीवन्त बनाएका थिए। कार्यक्रमले नेपालको सांस्कृतिक समृद्धि झल्काउँदै होटलको सांस्कृतिक प्रवर्द्धनप्रतिको प्रतिबद्धता दर्शायो।
यो अवसर होटलका पाहुना, साझेदार र कर्मचारीप्रति कृतज्ञता प्रकट गर्ने माध्यम मात्र नभई, उत्कृष्ट अतिथि सेवा, स्थानीय समुदायसँगको सहकार्य र संस्कृतिको सम्मानप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याउने अवसर पनि बन्यो।
होटलको बारेमा:
मन ट्री प्रिमियर, बुढानीलकण्ठ, लेमन ट्री होटल्स लिमिटेड अन्तर्गतको उच्चस्तरीय होटल हो, जसले काठमाडौंको मुटुबाट केही मिनेटको दुरीमा विश्राम, विलासिता र सांस्कृतिक समृद्धिको अनुभव प्रदान गर्दछ । बुढानीलकण्ठ मन्दिर नजिक अवस्थित यो होटलले आधुनिक सुख-सुविधा र नेपाली परम्पराको संयोजनमार्फत अतिथिहरूलाई विशेष अनुभव प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्