पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्षहरुसंग मन्त्री भट्टराईको स्काईप मार्फत कुराकानी
काठमाडौ । संस्कृती, पर्यटन तथा उड्डययन मन्त्री योगेश भट्टराईले विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा पुग्न गएका असर र सुझावहरु बुझ्न आज पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्ष हरुसंग स्काईप मार्फत कुरा गरेका छन।
सो क्रममा टानका अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्याटएको हुँदा २०२० मा पर्यटनसंग सम्बन्धित व्यवसायहरु सरल रुपमा सञ्चालन हुन कठीन हुने कुराको ध्यानकर्षण गराए । बैंक व्याजलाई न्यूनिकरण गरि व्याज २ प्रतिशतमा हुने गरि पुर्नकर्जाको व्यवस्था मिलाउन र उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने व्यवस्था मिलाइदिन माग गरे ।

साथै सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत व्याजमा ऋण लगानी सहुलियको व्यवस्था गरेको जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियको व्यवस्था गरिदिनुहुन सुवेदीले अनुरोध गरे ।
त्यसैगरि अहिलेको समयलाई सदुपयोग गरी पदयात्रा तथा पर्वतारोहणका मजदुर तथा सहयोगीहरुलाई रोजगारी सिर्जन गर्न ट्रेकिंग ट्रेल ममर्त तथा साइनेज व्यवस्थापन र विभिन्न हिमालहरुको सरफाई गर्न सकिने सुझाव दिए ।
टानका अध्यक्ष सुवेदीले नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । यसै सन्दर्भमा पर्यटन बोर्डको नेतृत्वमा पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुका हितको लागि राहत कोषको पनि व्यवस्था मिलाइदिन आनुरोध समेत गरेका छन ।
पर्यटन क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका अध्यक्षहरुले पनि पर्यटन क्षेत्रमा पुग्न गएका समस्या तथा सुझाबहरुमा मन्त्रीज्यूको ध्यानकर्षण गराए ।
आज भएको स्काईप मार्फत कुराकानीको क्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मी, हानका अध्यक्ष सृजना राणा, एनएमए का अध्यक्ष सन्तबिर लामा, नाट्टाका अध्यक्ष अचुत गुरागांइ र पाटा नेपालका अध्यक्ष विभुती चंद ठाकुरको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्ष हरुसंग स्काईप मार्फत कुरा, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्