पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्षहरुसंग मन्त्री भट्टराईको स्काईप मार्फत कुराकानी

काठमाडौ । संस्कृती, पर्यटन तथा उड्डययन मन्त्री योगेश भट्टराईले विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा पुग्न गएका असर र सुझावहरु बुझ्न आज पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्ष हरुसंग स्काईप मार्फत कुरा गरेका छन।
सो क्रममा टानका अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा पुर्याटएको हुँदा २०२० मा पर्यटनसंग सम्बन्धित व्यवसायहरु सरल रुपमा सञ्चालन हुन कठीन हुने कुराको ध्यानकर्षण गराए । बैंक व्याजलाई न्यूनिकरण गरि व्याज २ प्रतिशतमा हुने गरि पुर्नकर्जाको व्यवस्था मिलाउन र उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने व्यवस्था मिलाइदिन माग गरे ।
साथै सरकारले कृषि क्षेत्रमा ५ प्रतिशत व्याजमा ऋण लगानी सहुलियको व्यवस्था गरेको जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियको व्यवस्था गरिदिनुहुन सुवेदीले अनुरोध गरे ।
त्यसैगरि अहिलेको समयलाई सदुपयोग गरी पदयात्रा तथा पर्वतारोहणका मजदुर तथा सहयोगीहरुलाई रोजगारी सिर्जन गर्न ट्रेकिंग ट्रेल ममर्त तथा साइनेज व्यवस्थापन र विभिन्न हिमालहरुको सरफाई गर्न सकिने सुझाव दिए ।
टानका अध्यक्ष सुवेदीले नेपाल पर्यटन बोर्डमा रहेको टिम्स अन्तर्गतको संयुक्त कोष र मजदुर कल्याणकारी कोषको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । यसै सन्दर्भमा पर्यटन बोर्डको नेतृत्वमा पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुका हितको लागि राहत कोषको पनि व्यवस्था मिलाइदिन आनुरोध समेत गरेका छन ।
पर्यटन क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका अध्यक्षहरुले पनि पर्यटन क्षेत्रमा पुग्न गएका समस्या तथा सुझाबहरुमा मन्त्रीज्यूको ध्यानकर्षण गराए ।
आज भएको स्काईप मार्फत कुराकानीको क्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मी, हानका अध्यक्ष सृजना राणा, एनएमए का अध्यक्ष सन्तबिर लामा, नाट्टाका अध्यक्ष अचुत गुरागांइ र पाटा नेपालका अध्यक्ष विभुती चंद ठाकुरको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पर्यटन क्षेत्रसंग आवद्ध संघसंस्थाका अध्यक्ष हरुसंग स्काईप मार्फत कुरा, #योगेश भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्