टोखा महोत्सवको पूर्व तयारी भेला , नगरपालिकाबाट २५ लाख बजेट
टोखा काठमाडौ । सांस्कृतिक संरक्षित क्षेत्र टोखालाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यका साथ आउँदो फागुन २२,२३ र २४ गते दोस्रो टोखा महोत्सव हुने भएको छ । टोखा नगरपालिको आयोजनामा हुने यस महोत्सवमा स्थानिय कला , संस्कृति , परम्परा , कृषि लगायतका उपजहरलाई बिषेश प्राथमिकतामा राखीने भएको छ ।
शनिबार टोखाको सद्भाव बैङ्गेटमा आयोजित भेलामा महोतसवबारे घनिभुत छलफलभउको छ । भेलामा टोखा नगरभित्रका राजनैतिक दल , बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु , जनप्रतिनिधिहरु , बुद्दिजिबि ,पत्रकार लगायतको बाक्लो उपस्थीती रहेको थियो ।
भेलाले ५०१ जनाको मूल आयोजक समिति , ५१ जनाको सचिवालय सदस्य , १४ उपसमिति बनाउने निर्णय गरेको छ ।
मूल आयोजक समितिको संयोजकमा मेयर एवं सह संयोजकमा उपमेयर रहने छ ।

मेलाको ब्यवस्थापनका लागी टोखा नेवार गुठीलाई जिम्मा दिने प्रस्ताव गरिएको छ । नेवार गुठीले पहिलो महोत्सव सफलताका साथ समपन्न गरेको छ ।
टोखा नगरपालिकाबाट २५ लाख बजेट बिनियोजन भएको यो महोत्सवका सफल बनाउनका लागी सबैमा आग्रह नगरप्रमुख प्रकाश अधिकारीले गरेका छन ।
धार्मिक ,सांस्कृतिक , प्राकृतिक रुपले सम्पन्न टोखा प्राचीनतम मौलिक कला संस्कृति, रीतिरिवाज तथा मठमन्दिरहरु तथा यहाँ छरप्रस्त छरिएर रहेका विभिन्न कालखण्डहरुमा कोरिएका शिलापत्र तथा वास्तु प्रस्तर मूर्तिहरुले टोखाको ऐतिहासिकतालाई सबै सामु दर्शाईरहेको छ ।

क्याटेगोरी : पर्यटन
ट्याग : #टोखा महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्