टानमा नेकपा निकटका उम्मेदवारहरूलाई लज्जास्पद हार

काठमाडौं, २१ भदाै । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहरूलाई लज्जास्पद हारको स्वाद चखाइदिएका छन् ।
मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनामा अधिकांश पदमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरू विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा ‘कुमार’लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।
सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका हुन् । पराजित थापाले ४ सय ३८ मतमात्रै प्राप्त गरेका छन् ।
महासचिवमा भने नेकपाकी सरिता लामा १३ मतको झिनो मतान्तरले विजयी भएकी छिन् । लामाले अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित उनीहरू सबै नेपाली कांग्रेस निकटका अर्थात सुवेदी समूहका उम्मेदवार हुन् ।
सचिवमा एक जना थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा निकटकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।
सदस्यमा नेकपाबाट ठाकुर सापकोट, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ विजयी भएका छन् ।
नेपाली कांग्रेस निकटबाट सदस्यहरूमा सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।
टानमा १ हजार ३ सय १९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #टान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्