नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु
पुकार तिमलसिना
नुवाकोटको पर्यटकीय स्थल सूर्यर्चौरमा प्याराग्लाइडिङ सुरु भएको छ । शनिबार पहिलोपल्ट नुवाकोटमा प्याराग्लाइडिङ उडान गरिएको हो ।
शिवपुरी गाउँपालिका–७ मा अवस्थित सूर्यचौर समुद्र सतहबाट १ हजार ९ सय मिटर उचाइमा छ । नेपाल प्याराग्लाइडिङ कम्पनीले दुईवटा प्याराग्लाइडिङ उडाएर परीक्षण उडान गरेको हो ।
सूर्यचौरबाट उडान सुरु गरेर शिवपुरी गाउँपालिका– ८ थानापतिको सतरी फाँटमा झारिएको थियो ।
नुवाकोटको उच्च भूभागमा रहेको सूर्यचौर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।
सूर्यचौरबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #सूर्यर्चौर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्