ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकटका प्रकाशनरसिंह राणा निर्वाचित ,नेकपा समर्थकको हरिबिजोग
२६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निकटका सदस्यहरूलाई धुलो चटाउँदै ठमेल पर्यटन विकास परिषदका कांग्रेस समर्थकले नेतृत्व लिएका छन । नेकपाका नाममा तीन वटा संस्थाले संयुक्त अपिल गरेर अनेक तिकडम गरे पनि कांग्रेस समर्थकका अघि उनीहरू निरीह बन्न पुगेका छन । ठमेलको विकासमा भन्दा पनि अनेक खालका सेटिङमा काम गर्न पाइने भएकाले ठमेल पर्यटन विकास परिषदलाइ अाकर्षण संस्था मानिन्छ ।
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकटका प्रकाशनरसिंह राणा निर्वाचित भएका छन । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधान राणाको समूहलाइ धुलो चटाउँदै राणा निर्वाचित भएका छन । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका छन भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका छन ।

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन । राणा समूहमा बागी उम्मेदवारी परेकाले उनीहरू दुइ जनाले सचिव र कोषाध्यक्ष बन्ने अवसर प्राप्त गरेका छन ।
यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताएका छन । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।

क्याटेगोरी : पर्यटन
ट्याग : #ठमेल पर्यटन विकास परिषद्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्