शिवपुरीस्थीत बाग्मतीमा पानी बगाउन बनाइएको धाप ड्याम तालमा पर्यटकको घुइँचो
काठमाडौंबाटै मनोरम प्राकृतिक सौन्दर्यको आनन्द लिन पाइने
काठमाडौं । उपत्यकाको उत्तरपूर्वी भागमा एक विशाल पर्वत श्रृखंला रहेको छ, जसको नाम हो ‘शिवपुरी’ । हाइकिङका लागि निकै रुचाइएको शिवपुरीमा राष्ट्रिय निकुञ्ज समेत स्थापित छ । काठमाडौंबाटै मनोरम प्राकृतिक सौन्दर्यको आनन्द लिन पाइने भएकाले पनि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
पछिल्लो समय निकुञ्ज भित्र शिवपुरी धाप बाँध निर्माण गरिएको छ । उक्त (धाप ड्याम) अर्थात् मानव निर्मित विशाल तालले सो क्षेत्रको सोभा बढाएको छ । गोकर्णेश्वर नगरपालिका-१, शिवपुरी डाँडामा निर्मित धाप ड्याम सम्बन्धी फोटो तथा भिडीओले धेरैको ध्यान खिचेको छ । भने पर्यटकहरूको भिड पनि बढ्न थालेको छ ।बर्षादको पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले यो बाँधको निर्माण गरिएको हो । जुन करिब एक वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । वर्षादका चार महिना ड्याममा सञ्चित पानी हिउँदका आठ महिना बाग्मतीमा बगाइन्छ । वार्षिक आठ लाख ५० हजार घनमिटरसम्म पानी संकलन क्षमता रहेको यो बाँध बागमती सुधार आयोजनाले बाँधेको हो ।

धापको मुहानस्थलमा बागमतीको सहायक नदि नागमती नदी रहेको छ । हिउँदयाममा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमती नदीमा पानी निकासा गराइन्छ । विशेष पूजाआजका दिनमा सोभन्दा बढी पानी निकास हुने आयोजनाले जनाएको छ ।
मिनी फेवातालको संज्ञा दिइएको सो ताल बनाउन नेपाल सरकार र एशियाली विकास बैंकको ऋण सहयोग रकम गरी ४५ करोड रुपैंया (भ्याट बाहेक) लगानी रहेको छ ।
मिनी फेवाताल कसरी जाने ?
धाप बाँध पुग्न शिवपुरी-नागार्जुन निकुञ्ज हुँदै जानुपर्छ । काठमाडौंको रत्नपार्कबाट सुन्दरीजल सम्मको बस सजिलै पाउन सकिन्छ । त्यसबाहेक रत्नपार्कबाट-चाबहिल-गोकर्ण-सुन्दरीजल हुँदै धापमा पुग्न सकिन्छ । चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको छ । सुन्दरीजल चेकपोष्टबाट चिसापानीको दुरी २६ किलोमिटर छ । चिसापानी नपुग्दै धापमा पुग्न सकिन्छ ।
सुन्दरीजलबाट करिब ३ किलोमिटर माथि पुगेपछि दुईवटा बाटो रहेका छन् । दायाँतर्फ चिसापानी जाने २२ कि.मी. मुख्य सडक रहेको छ भने बायाँतर्फको सहायक सडकबाट मूलखर्क हुँदै १६ किमीमा ताल पुगिन्छ । तालदेखि करिब ४ कि.मी. माथिको दूरीमा पर्यटकीयस्थल चिसापानी रहेको छ ।
मुख्य सडकबाट दुईपांग्रे र चारपांग्रे दुवै सवारीसाधन जान सक्छन् भने मूलखर्कबाट जाँदा दुइपांग्रे सवारीमात्रै जान सक्छन् । त्यसैगरी, चाबहिल–साँखु–जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ कि दूरी पार गर्नुपर्छ ।

धाप बाँध निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ ।
यो धाप बाँध भर्खरै मात्र निर्माण सम्पन्न भएको हो । तसर्थ यसलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धनगरिएको छैन । जहाँ खाजा, खानका लागि कुनै पनि सुविधा पाइदैन ।
बाँधले पोखराको फेवातालको झल्को दिएको अनुभव अधिकांशको छ । मानव निर्मित विशाल बाँधको सफा, कन्चन पानीले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँदछ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #breaking, #धाप ड्याम तालमा पर्यटकको घुइँचो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्