तारकेश्वरमा ३२ जनाले रोजगार पाउने जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन
काठमाडौ । तारकेश्वर नगरपालिकामा जीबीकोपार्जन पुनस्थापनाका लागि दिगो पर्यटन परियोजना संचालन भएको छ । नेपाल पर्यटन बोर्ड , नाटा , टान र यूनडीपीको संयुक्तm आयोजनामा संचालीत सो परियोजना अन्र्तगत धर्मस्थली , महांकाल मन्दिर ,शान्तीधाम , भुवनेश्वरी मन्दिरको सरसफाई हुनेछ । सो अभियानमा ३२ जना पर्यटन मजदुर तथा ३२० ब्यक्ती दिनको हुनेछ ।
नाटाका बोर्ड सदस्य तथा तारकेश्वर निवासी बिष्णु कार्कीको अगुवाईमा तारर्केश्वर नगरपालिका भित्र जिविकोपार्जन र पुर्र्नस्थापनका लागि पर्यटकिय र धार्मिक स्थल सरसफाइ तथा मर्मतसंहार ३२ जनासम्मको श्रमिकहरुको टिमले १० दिन सम्म पदमार्गहरु खोल्ने र मर्मत संहार गर्न शनिबार शुभारम्भ गरिएको छ ।
सो कार्यक्रममाा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल , तार्केश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल धिताल , कार्यकारी प्रमुख शिवप्रशाद लम्साल, वडाअध्यक्ष्य मधु कार्की र रविन्द्र के सि , नगर सदस्य राजु तिमील्सिना , प्रोजेक्टका प्रतिनिधि अनिश लम्साल, नाटा अध्यक्ष्य अच्युत गुरागाइ, वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, महासचिव सुधिर उपाध्याय, सहकोषाध्यक्ष युबिका भण्डारी , बोर्ड सदस्यहरु बिष्णु कार्की, हरिकुमार श्रेष्ठ, राजकुमार देवकोटा, महांकाल माइ गुठीका पदाधिकारीहरु, गायक दुर्गेश थापा, हर्के हल्दार टिम तथा बिभिन्न कलाकारहरुको उपस्थीती रहेको थियो ।
बिषेश गरि कोरोना महामारीपछिको पर्यटन गतिबिधिहरुको चलायमान तथा पर्यटन मजदुरहरुको जिविकोपार्जनका लागी सो परियोजनाले देशका बिभिन्न स्थानहरुको धार्मीक तथा सांस्कृतिक सम्पदाहरुमा यस्तै अभियानहरु संचालन गरिरहेको नाटाका अध्यक्ष अच्यूत गुरागाँइको भनाई छ । उहाँका अनुसार यो परियोजनाले नेपालभर ३५० जना पर्यटक मजदुरहरुको जीबीकोपार्जन पुनस्थापनामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नेछ ।
तारकेश्वरभित्रका सम्पदा संगै सो परियोजनाले पंचधुरा माई , फेवाताल , काठमाडौं दरवार इस्क्वायर क्षेत्र ,पनौती , स्यम्भूनाथ , पाटन लगातका स्थानहरुमा काम गर्नेछ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #जीबीकोपार्जन पुनस्थापनका लागि दिगो पर्यटन परियोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्