गाउँ पर्यटन प्रवर्द्धन मञ्चको अध्यक्षमा कृष्णबहादुर सुवेदीको उम्मेद्ववारी घोषणा
काठमाडौं, १९ फाल्गुण-गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को आसन्न निर्वाचनका लागि कृष्णबहादुर सुवेदीले अध्यक्ष पदमा दाबी पेश गर्दै उम्मेद्ववारी घोषणा गरेका छन्। भिटोफको २४ औं साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुन लागेमा सुवेदीले नेतृत्वका आफ्नो उम्मेद्ववारी घोषणा गरेका हुन । चैत्र २० गतेका लागि भिटोफको निर्वाचन मिती तोकिएको छ यसअघि भदौ २५ का लागि तय गरिएको साधारण सभा कोरोना महामारीका कारण स्थगन भएको थियो।
कोरोनाले थला परेको ग्रामीण पर्यटनलाई टेवा दिने उदेश्यले आफुले उम्मेदवारी दिन लागेको आकांक्षी सुवेदीले बताएका छन्। ‘कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्नलाई मैले उम्मेद्वारको घोषणा गरेको हुँ,’ सुवेदीले भने।
‘पुराना होमस्टेको बजारीकरण, नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी एवम् प्रवर्द्धन र आवश्यक तालिमका लागि सहजीकरण गर्ने मेरो मुल लक्ष्य छ’ सुवेदीले आफ्नो दाबी पेश गर्दै भने । आफ्नो नेतृत्वमा भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पनि उनले औल्याए ।
को हुन सुवेदी ?
धादिङ ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँ मुल थलो रहेका ३४ वर्षे सुवेदी युवा पर्यटन व्यवसायी हुन्। उनी विगत दुई दशक देखी पर्यटन व्यवसायमा आवद्ध छन् । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक रहेका सुवेदीले भिटोफ नेपालको सह-कोषाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्