नेकपाका केन्द्रीय सदस्य रिजालको सम्मानमा युवा पर्यटन व्यवसायीले राखे कार्यक्रम
काठमाडौं, १ माघ – हालै नेकपाका केन्द्रीय सदस्यमा मनोनित भएका पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजालको सम्मानमा नेकपा समर्थक यृबा पर्यटन व्यवसायीले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् । उनीहरुले विहिवार होटल यात्रीको हलमा उक्त कार्यक्रम गरेका हुन । सो अवसरमा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले चन्द्र प्रसाद रिजाललाई केन्द्रीय सदस्य बनादाँ , पर्यटन ब्यबसायीहरु अझै धेरै उत्साहित भएको र पर्यटन क्षेत्रका नेतालाई पनि पार्टिले न्याय गरेको आभाष गरेको बताए । युवा बर्गलाई यसबाट नेकपाको सँगठन प्रति अझै जिम्मेवारी बन्न प्रेरित गर्ने पनि उनीहरुले उल्लेख गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले भाबुक मन्त्यब्य दिदै सबै साथीहरुलाई एक जुट हुन आग्रह गर्दै युवा पर्यटन ब्यबसायीले गरेको माया र सम्मानकोलागी धन्यबाद ब्यक्त गरे । साथै उनले सँगठनलाई गतिशिल र ब्यबसायीमुखी बनाउन जिम्मेबार भएर अघि बढन निर्देशन समेत दिए ।
कुशल संगठकको छवी
विद्यार्थी राजनितीबाट आम पर्यटन ब्यबसायीमा पहिचान बनाएका पर्यटन ब्यबसायी हुन , चन्द्र प्रसाद रिजाल ।पारिवारिक गुजाराकोलागी केही न केही काम गर्नुपर्ने बाध्यता सबैमा रहन्छ, उनी पनि त्यही परिबन्ध माझ रुमल्लिरहेका थिए । यहि नै परिस्थिती माझ पर्यटन क्षेत्रमा कार्यरत साथीभाईको सँगतले उनलाई पनि यसै क्षेत्रमा आकर्षित गर्यो । उनी भन्छन् ‘म मा सामाजिक न्याय र उत्पिडनको बिरुद्दमा आवाज उठाउने स्वभाव थियो, २०५३ साल तिर माओबादी समूहको डर त्रास सुरु भयो, काङ्गेसको समुह पर्यटनमा सँगठन बनाउन तिर लागे तर पुर्ब एमालेको क्रियाकलाप सुस्त थियो’ । विगतको अवस्था बारे स्मरण गर्दै उनले भने ‘सँगठित नहुदाँ अप्ठ्यारो महशुस हुन थाल्यो, मनमा चसक्क बिझ्यो र राजेन्द्र प्रसाद सापकोटाको सहयोग लिई सँगठन निर्माणमा म अहोरात्र खटिए, त्यसताका हामीले काठमाण्डौको पर्यटन क्षेत्रमा लागेका अग्रज होस वा समकक्षी खोजी – खोजी सदस्य बितरण गर्ने काम गर्याै। यसैको फलस्बरुप हामी आज स्थापित सँगठन भएका छाै’ । हो उनले भने झै संगठन निर्माणमा चन्द्र प्रसाद रिजाल सफल भएका छन् । एक कुशल संगठक मात्र होईन उनी साधारण ब्यक्तित्व र सँगठनका ब्यक्तिलाई पर्दा सहयोग गर्न जहिले नि आतुर हुने अगुवामा गनिन्छन् । उनी भन्छन् ’पार्टिको जीवनमा अनेक हण्डर खानु पर्यो , आफु भन्दा जुनियर अघि बढदा र आफु पछि पर्दा चसक्क हुन्थ्यो । तर मैले ईमान्दारिता र बफादारितामा देखाउदै अघि बढे। पार्टीले दिएको जिम्मेबारीमा एक ईन्च पनि तल माथी हुन दिईन ।’ नेकपा ( के. पी.) प्यानलका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजाल भन्छन् ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्