‘जाऔँ है पोखरा अभियान’ शुरु
पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ । कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।
जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ ।

सङ्घले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहनुभएका तुलाचनले बताउनुभयो । अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्