पर्यटन प्रवद्र्धनमा पाँचपोखरीको फड्को
पाँचपोखरी पिक, युवा पिकको आरोहण तथा तिलमानपास अध्ययन शुरु भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा रहेको सो क्षेत्रको अध्ययनको शुरुआत सोमबार वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले गर्नुभएको हो । मङ्सिर १९ गतेदेखि पुस ३ गतेसम्म पर्वतारोही माया गुरुङको संयोजनमा रुट अध्ययनसहितको टोलीले पाँचपोखरी पिक र युवा पिकको पहिलो आरोहण सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
टोलीमा वडा नं ३ का अध्यक्ष नीमाछिरिङ तामाङ, सिन्धु पर्यटन परिषद्का मिलन तामाङ, पर्यटन सल्लाहकार सोमर बोम्जन, पहिलो तामाङ सगरमाथा आरोही महिला कान्छीमाया तामाङ, सगरमाथा आरोही दावाजाङ्बु शेर्पा, क्लाइम्बिङ लिडर तुलसिङ्ग गुरुङ रहनेछन् ।
प्रारम्भिक अध्ययन र उद्देश्यबारे जानकारी गराउन सोमबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेपालले अध्ययन र आरोहणले रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास नाका खुलाई थप पर्यटक भित्रिने र पर्यटनको माध्यमबाट आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने बताउनुभयो । यसले पाँचपोखरीलाई धार्मिक तथा तथा सांस्कृतिकरूपमा चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा अगाडि बढ्ने गाउँपालिका अध्यक्ष टासी लामाको भनाइ छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य रहेको र रसुवाको गोसाइँकुण्ड गाउँपालिकासँग जोडिएको तिलमानपास पाँचपोखरी थाङपाल गाउँपालिकासँग जोडिएको छ ।
उक्त पदमार्ग खुलाउन अध्ययन हुन लागेको र नयाँ हिमालको नामकरणसहित आरोहण गरिन लागेको गाउँपालिकाको पर्यटन प्रवद्र्धन समिति अध्यक्ष सुवास तामाङले बताउनुभयो । साहसिक पदमार्गका लागि तिलमनपासलाई महत्वपूर्ण मानिन्छ ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पाँचपोखरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्