ल्याण्डमार्क होटलद्धारा ‘फेष्टिभ प्याकेज’ सार्वजनिक
काठमाडौँ । दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभल प्याकेज’ सार्वजनिक गरेको छ ।
प्याकेज अन्तर्गत ग्राहकहरुले सस्तो मुल्यमा एउटै प्याकेज मार्फत २ मुख्य पर्यटकिय गन्तव्य पोखरा र चितवनमा ४ रात ५ दिनको खाना तथा आवास सहितको सुविधा लिन सक्नेछन् ।
प्याकेज अन्तर्गत प्रतिव्यक्ति एकरातको २१५० रुपैंया लाग्नेछ । भने सिंगल सप्लिमेन्टको लागि एकरातको १५०० रुपैंया लाग्ने छ । यसका साथै एयरपोर्ट टुरिष्ट वसपार्क पिकअप, डिलक्स एकोमोडेसन, डेली मर्निङ् ब्रेकफास्ट र डिनरको व्यवस्था छ ।
यसबाहेक निशुल्क स्विमिङ् पुल, निशुल्क वाईफाई, फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट र स्पामा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।
ल्याण्डमार्क होटल प्रालिका सञ्चालक, पर्यटन व्यवसायी एवं नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० का पुर्वअध्यक्ष सिएन पाण्डेले कोभिड–१९ महामारीको कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनको माध्ययमबाट उकास्नको लागि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको बताए ।
क्याटेगोरी : पर्यटन
ट्याग : #ल्याण्डमार्क होटल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्