पर्यटकीय बसपार्क कान्तिपथबाट सोह्रखुट्टेमा
तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा सारिएको छ ।
काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सो काम भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताउनुहुन्छ । “दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो”, उहाँ भन्नुहुन्छ ।
हाल कान्तिपथबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक करीब तीन हजार यात्रु ओहोरदोहोर गर्छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताउनुहुन्छ । “सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ”, उहाँ भन्नुहुन्छ ।
सरकारले पर्यटकीय बसका लागि छुट्टै बसपार्क निर्माण नगर्दासम्म कान्तिपथबाटै सवारी सञ्चालन गर्न पाउनुपर्ने उहाँको भनाइ छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो ।
क्याटेगोरी : पर्यटन
ट्याग : #पर्यटकीय बसपार्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्