कंगोमा नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङको मृत्यु
काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल गुरुङ रहेका छन् ।
उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी जनाएको हो । अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागी गुरुङ घाइते भएका थिए ।
घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्नु भएको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ । सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।
क्याटेगोरी : स्थानीय, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्