रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्ने – नेता नारायणकाजी
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।
‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो’ श्रेष्ठले भनेका छन्, ‘नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’
उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गरेका छन् । त्यस्तै सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैलाई अपिल गरेका छन् ।
क्याटेगोरी : देश परदेश
ट्याग : #रुसले गरेको आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्