Techie IT
शुक्रबार, फागुन २,२०८१

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार


२५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ ।

नेपाली कांग्रेस छाडी नेकपा प्रवेश गरेका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि हुन् । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै उचित जिम्मेवारी दिने घोषणा गरेका थिए । प्रचण्डकै सिफारिसका आधारमा दाहाललाई मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको हो ।


क्याटेगोरी : विशेष
ट्याग : #अस्ट्रेलियाको राजदूत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545