सवारी दुर्घटनामा दाङमा ८६ को मृत्यु

दाङ, ३१ वैशाख । चालू आर्थिक वर्षको वैशाख २५ गतेसम्ममा १५२ सवारी दुर्घटनामा परी दाङमा ८६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरका अनुसार ती दुर्घटनामा परी १८३ गम्भीर घाइते भएका छन् ।

ती दुर्घटनामा २०२ सवारी साधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल १०१, बस २८, ट्र्याक्टर १९ र जिप तथा कार २३ रहेका छन् ।
त्यस्तै टेम्पो १२, ट्रक १०, टिपर तीन, माइक्रोबस एक वटा रहेका छन् । दुर्घटना घट्नुका प्रमुख कारण चालकको लापरवाही रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । चालकको लापरवाहीका कारण सबैभन्दा बढी ८७, तीव्र गतिका कारण ५०, यात्रु गल्ती चार, मापसेका कारण चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गढबढी दुई, सवारी उछिन्दा एक, मौसमका कारण एक रहेका छन् । गत वर्ष सो अवधिमा १०५ दुर्घटना हुँदा ५९ को मृत्यु भएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि चालक गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउँदै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे ।
उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्र गतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढी हुने गरेको बताए ।
त्यसैगरी ज्येष्ठ नागरिका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताए । उनले सवारी ऐन कार्यान्वयन नगर्ने जो कोहीलाई कारवाही गरिनुपर्नेमा जोड दिए । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सवारी चलाउँदा हतार गर्ने प्रवृत्तिले गर्दा दुर्घटना बढेको बताए ।
“हामी आफ्नो गन्तव्यमा पुग्नका लागि समयमा यात्रा शुरु गर्दैनौँ”, उनले भने “जब हाम्रो उमेर ढल्दैजान्छन् अनि हामी गाडी चलाउन शुरु गर्छाैं, त्यो पनि तीव्र गतिमा चलाउँछौँ, यही नै दुर्घटनाका एउटा प्रमुख कारण हो ।” अर्कोतर्फ सडकको अवस्था कमजोर हुँदा पनि दुर्घटना बढेको भन्दै सडक सुधार गर्नतर्फ स्थानीय सरकारले पहल थाल्नुपर्ने उनले बताए । दुर्घटना न्यूनीकरण गर्न अब सडक ट्रयाक खोल्दा आठ मिटर चौडाइ कायम गर्ने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ ।
प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रमुख पिताम्बर अधिकारीले धेरै दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताए । उनले तीव्र गतीमा गाडी चलाउन, सवारी साधन चुस्त दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसेलगायतका कारणले दुर्घटना बढेका छन् भन्दै यसको नियन्त्रणका लागि सम्बन्धीत सबै गम्भीररुपमा लाग्नुपर्ने बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #सवारी दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्