नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताउनुभएको छ ।
आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उहाँले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयोे ।
मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगञ्जको दूरी घटाएको धारणा व्यक्त गर्नुभयो ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिकट माध्यमबाट सर्वसाधारणलाई टिकट किन्ने व्यवस्था मिलाइने बताउनुभयो ।
दुई वर्षदेखि पर्यटन परमिटका आधारमा बस सेवा सञ्चालन गर्दै आए पनि अब मैत्री बस सेवा सञ्चालनका लागि आधिकारिक अनुमति प्राप्त भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो ।
नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि बस सेवा सञ्चालन गर्न नेपाल सरकार र भारतको उत्तर प्रदेश यातायात परिवहन निगमबाट भेरी यातायात प्रालि सूचिकृत भएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #मैत्री बस सेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्