नेपाल वुमन च्याम्बरको आयोजनामा बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न
काठमाडौं, ०९ मङ्सिर( नेपाल वुमन च्याम्बरको आयोजनामा आइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीको प्रमुख आतिथ्यता माझ जमल स्थित च्याम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वुमन च्याम्बरका अध्यक्ष डा। अन्जान शाक्य लगायत उल्लेख्य संख्यामा महिला उधेमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा बित्त साक्षरता कार्यक्रमको सान्दर्भिकता माथि प्रकाश पार्दै वित्त कारोवारमा अनुशासनहिनतालाई निरूत्साही गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए । उनले खाता, बचत र रिणका बिषयमा सबै जना सचेत रहनुपर्ने तर्फ पनि जोड दिए ।
कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तुलनात्मक रुपमा महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी रहेको तथ्यान्क प्रस्तुत गर्दै बित्तिय साक्षरता तालिम कार्यक्रमले उनहरुलाई कारोबारमा खरो उत्रन अझ सहयोग मिल्ने बताए ।
त्यसैगरि वुमन च्याम्बरका अध्यक्ष डा। अन्जान शाक्यले महिला ब्यवसायीहरुमा ढुक्क साथ ब्यवसाय संचालन गर्ने अनुकुल वातावरण तयार पार्न बित्तिय साक्षरता तालिम कार्यक्रमले महत्वपूर्ण उपलब्धी हासिल हुने बताईन् ।
कार्यक्रममा नेपाल वुमन च्याम्बरका उपाध्यक्ष एबम बित्त समिति सम्योजक सुस्मा शर्माले ब्यवसायी महिलालाई बित्तिय सचेतनाका माध्यमबाट अझ सक्षम बन्न प्रेरित गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको बताईन् ।
कार्यक्रममाझमा नेपालकी पहिलो महिला टेम्बो चालक लक्ष्मी शर्माले आफ्नो ब्यवसायिक जिबनमा भोगेका अनुभव साटेकी थिईन् ।
करिब १०० जना महिला ब्यवसायीहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागीहरुलाई बित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #वुमन च्याम्बर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्