प्रचण्ड–माधव महाअपराधी हुन्, सहकार्य संभव छैनः शंकर पोखरेल
फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको भएको बताएका छन् ।
एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई काँग्रेसमा लगेर बिक्री गरेको कारण बताउँदै महाअपराधी नै रहेको बताए ।
‘दक्षिणपन्थी अवसरवादको आजको प्रतिनिधि पात्र भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हो । बामपन्थी सरकार निर्माणका लागि दिइएको जनमतलाई कम्युनिष्ट सरकार ढालेर अर्काे प्रतिक्रियावादीलाई बिक्री गर्ने काम प्रचण्ड माधवले गरे,’ महासचिव पोखरेलले भने, ‘त्यसकारण प्रचण्ड र माधव सामान्य अपराधी मात्रै होइनन, महाअपराधी हुन् । यो कुरालाई निसंकोच भएर जनताको बीचमा लानुपर्छ ।’
‘माधव नेपालले बिगतमा जे छवी बनाएका थिए, पछिल्लो समयमा बिधि पद्धती, अनुशासन उलंघन गर्ने कुरामा रेकर्ड तोडने नेता र खलपात्रका रुपमा स्थापित हुनुभयो,’ पोखरेलको भनाई थियो ।
उनले माधव र प्रचण्डलाई लिएर जनताको माया पाइन्छ भन्ने भ्रममा नपर्न सजग गराए ।
‘प्रचण्ड र माधवतिर लागेका पालिकाका इमान्दार कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ तर प्रचण्ड र माधव पनि कम्युनिष्ट नै हुन् भनेर मिलाएर लान पाए हुन्थ्यो कि भन्ने दिगमागमा छ भने त्यो मानसिकता र दिमागबाट पार्टी निर्माण हुँदैन, जनताको माया पाईंदैन,’ पोखरेलले भने ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्ड-माधव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्