प्रचण्ड–माधव महाअपराधी हुन्, सहकार्य संभव छैनः शंकर पोखरेल

फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधीको भएको बताएका छन् ।
एमाले बागमति प्रदेशको आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड माधवले बामपन्थीको नाममा पाएको जनमतलाई काँग्रेसमा लगेर बिक्री गरेको कारण बताउँदै महाअपराधी नै रहेको बताए ।
‘दक्षिणपन्थी अवसरवादको आजको प्रतिनिधि पात्र भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हो । बामपन्थी सरकार निर्माणका लागि दिइएको जनमतलाई कम्युनिष्ट सरकार ढालेर अर्काे प्रतिक्रियावादीलाई बिक्री गर्ने काम प्रचण्ड माधवले गरे,’ महासचिव पोखरेलले भने, ‘त्यसकारण प्रचण्ड र माधव सामान्य अपराधी मात्रै होइनन, महाअपराधी हुन् । यो कुरालाई निसंकोच भएर जनताको बीचमा लानुपर्छ ।’
‘माधव नेपालले बिगतमा जे छवी बनाएका थिए, पछिल्लो समयमा बिधि पद्धती, अनुशासन उलंघन गर्ने कुरामा रेकर्ड तोडने नेता र खलपात्रका रुपमा स्थापित हुनुभयो,’ पोखरेलको भनाई थियो ।
उनले माधव र प्रचण्डलाई लिएर जनताको माया पाइन्छ भन्ने भ्रममा नपर्न सजग गराए ।
‘प्रचण्ड र माधवतिर लागेका पालिकाका इमान्दार कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ तर प्रचण्ड र माधव पनि कम्युनिष्ट नै हुन् भनेर मिलाएर लान पाए हुन्थ्यो कि भन्ने दिगमागमा छ भने त्यो मानसिकता र दिमागबाट पार्टी निर्माण हुँदैन, जनताको माया पाईंदैन,’ पोखरेलले भने ।
क्याटेगोरी : विशेष
ट्याग : #प्रचण्ड-माधव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्