मकालुको पाखुरी खोलामा बाढी : २ सयभन्दा बढी भेडा हराए
संखुवासभा । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण संखुवासभाको मकालु गाउँपालिका–५ फोक्टेस्थित पाखुरी खोलामा ठूलो क्षति भएको छ । बाढीमा परी स्थानीय कृषक दलबहादुर गुरुङका २ सय १८ भेडा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार बिहान करिब २ बजे आएको बाढीले गुरुङको चरन क्षेत्रमा रहेका २ सय ५० भेडामध्ये अधिकांश बगाएको हो । हालसम्म ३२ वटा भेडा मात्र जीवित अवस्थामा फेला परेका छन् ।
घटनाका क्रममा भेडा रेखदेखमा खटिएका कमल गुरुङ सकुशल रहेको प्रहरीले जनाएको छ । साथै झलक गुरुङको हातखुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार बेपत्ता भेडाको खोजी कार्य जारी छ । घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नुमबाट करिब ४० किलोमिटर टाढा पर्दछ भने त्यहाँ पुग्न पैदल करिब १० घण्टा लाग्ने गर्दछ ।
लगातारको वर्षासँगै जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोको जोखिम बढेकाले सतर्क रहन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #बाढी पहिरो, #मकालु गाउँपालिका, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्