एसियन अवार्डबाट खनाल सम्मानित
काठमाडौँ, २५ असोज ः ‘एसियन युथ इनोभिेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित हुनु भएको छ ।
भारतको पन्जावमा भएको ‘१३ औ एसियन मकै सम्मेलन’मा किर्तिपुरकी उहाँले उक्त अवार्ड पाउनु भएको हो ।
खनालले नयाँ प्रविधि मार्फत मकै वालीको उत्पादन बढाउने अनुसन्धान गरेवापत उक्त अवार्ड प्रदान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक गर्नु भएका खनालले गतबर्ष झापामा उहाँले मकैको उत्पादन गर्दा आवश्यक रासायनिक पदार्थको मात्रा प्रयोग गरेर मकै पोसिसो र गुणस्तरिय उत्पादन बढाउन अनुसन्धान गर्नु भएको थियो ।
पन्जाव कृषि विश्वविद्यालयका उपकुलपति डिएस डिलियन र म्याक्सेकोका कृषि वैज्ञानिक मार्टिन करोप्टले उक्त अवार्ड प्रदान गर्नु भएको उहाँले जानकारी गराउनुभयो ।
सम्मेलनमा चीन, अमेरिका सहित विश्वका २२ मुलुकका ३०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको थियो ।
प्रत्येक तीन÷तीन बर्षमा हुने सम्मेलनमा मकैमा अनुसन्धान गरेका ३५ बर्षभन्दा मुनिका युवा मकै वैज्ञानिकको सहभागिता हुने गरेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #एसियन अवार्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्