अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रियाकलापहरुको विषयमा जानकारी गरादै अवलोकन पनि गराउनु भएको थियो ।
सो कार्यक्रममा अटिजम केयर समाज नेपालकी सचिव निलम गौतलमले सबैलाई स्वागत गर्दै अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा समाजमा जनचेतना जगाउनको लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको बताउनु भयो । त्यसै गरी अटिजम केयर नेपाल समाजका प्रशासकिय प्रमुख सुरेन्द« बज्राचार्यले अटिजम अपाङ्गतको विषयमा सही सूचना दिन जरुरी रहेको बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजम रोग नभएर मस्तिष्कको अवस्था भएको बताउदै यसका लक्षण, अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले अटिजम अपाङ्गता भएका व्यक्तिहरुको लागि संस्थाले विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउदै आएको पनि जानकारी दिनु भएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #अटिजम केयर नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्