अटिजमको विषयमा अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । अटिजम केयर नेपाल समाजको आयोजना तथा माइराइटको सहयोगमा विभिन्न सञ्चारकर्मीहरु विचमा अटिजम विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । उक्त छलफलको क्रममा अटिजम केयर नेपाल समाजकी परियोजना प्रवन्धक लक्ष्मी कार्कीले संस्थाले अटिजम अपाङ्गता भएका बालबालिकाहरुका लागि सञ्चालन गरेका क्रियाकलापहरुको विषयमा जानकारी गरादै अवलोकन पनि गराउनु भएको थियो ।
सो कार्यक्रममा अटिजम केयर समाज नेपालकी सचिव निलम गौतलमले सबैलाई स्वागत गर्दै अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा समाजमा जनचेतना जगाउनको लागि सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको बताउनु भयो । त्यसै गरी अटिजम केयर नेपाल समाजका प्रशासकिय प्रमुख सुरेन्द« बज्राचार्यले अटिजम अपाङ्गतको विषयमा सही सूचना दिन जरुरी रहेको बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अटिजम केयर नेपाल समाजकी अध्यक्ष सुनिता मलेकु अमात्यले अटिजम रोग नभएर मस्तिष्कको अवस्था भएको बताउदै यसका लक्षण, अटिजम अपाङ्गता भएका व्यक्तिहरुको चुनौतीको विषयमा प्रष्ट पार्नु भएको थियो । साथै उहाँले अटिजम अपाङ्गता भएका व्यक्तिहरुको लागि संस्थाले विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउदै आएको पनि जानकारी दिनु भएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #अटिजम केयर नेपाल
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्