टोखामा ७७ जनालाई कोरोना संक्रमण , २ को मृत्यु
टोखा नगरपालिकामा हालसम्म ७७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकाको वडा नं १० मा सबैभन्दा धेरै १५ जना संक्रमित भएका छन् । त्यसपछि वडा नं ६ मा ११ जनालाई संक्रमण पुष्टि भएको छ । वडा नं २ र ८ मा भने हालसम्म संक्रमित फेला परेका छैनन् । त्यस्तै वडा नं १ मा २ जना, वडा नं ३ मा ७ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ६ जना, वडा नं ७ मा ५ जना, वडा नं ९ मा ४ जना र वडा नं ११ मा ४ जनालाई संक्रमण देखिएको हो । नगरपालिकाको रहोबरमा परीक्षण गराउनेमध्ये १६ जना बाहिरका सेवाग्राही रहेका छन् ।
नगरपालिकाका अनुसार संक्रमित मध्ये २३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना संक्रमित सम्पर्कविहीन अवस्थामा छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टोखा न.पा वडा नं ६ की एक महिला र वडा नं ९ की एकमहिला रहेका छन् । उनीहरुको कोभिड संक्रमणका कारण मृत्यु भएको नगरपालिकाले पुष्टि गरेको छ । त्यस्तै संक्रमितमध्ये २४ जनालाई निको भएको छ भने ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #टोखामा ७७ जनालाई कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्