Techie IT
बिहीबार, असार ३२,२०८३

बालेन सरकारले ब्युँतायो सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा


काठमाडौं । अब सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ गते सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो।

मन्त्रिपरिषद्को बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गरेर सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको हो।

अब प्रतिनिधि सभाका २७५, राष्ट्रिय सभाका ५९ र प्रदेशका गरी ८८४ जना सांसदले स्वकीय सुविधा पाउने छन्। संघीय सांसदहरुले शाखा अधिकृतसरहको स्वकीय सचिव राख्न पाउने छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #बालेन सरकारले ब्युँतायो सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा


तपाईको कमेन्ट लेख्नुहोस्